
माघ ४ घोराही
नेपालका बिभिन्न समुदाय र स्थानमा मौलिक बाजाहरूको संरक्षणको आवश्यकता रहेको देखिन्छ । नर्सिङ्हा जस्तै परम्परागत बाजाहरू नयाँ पुस्ताले चासो नदिँदा हराउँदै जान थालेको बंगलाचुली गाउँपालिका, वडा नं ६ रिवाङका ६० वर्षीय जिवलाल परियार बताउनुभयो । साथै उँहाले आफु लगायतका व्यक्तिहरूले यी बाजाहरूलाई जीवित राख्न निकै ठूलो भूमिका खेलिरहेका बताउनुभयो । घोराही १५ विकासनगर टोल स्थित सुदन छाँया चोकमा आज बाट संचालनमा आएको संत्सङ तथा बाचन कार्यक्रमा पञ्चे बाजा बाधकको रुपमा आएका जिवलाल आफ्नो शेख पछि यो बाजा नै लोप हुने हो कि भन्ने चिन्तामा हुनुन्छ । जिवलाल परियारले परम्परागत नर्सिङ्हा बजाएर यो कला नयाँ पुस्तालाई सिकाउने प्रयास गर्नुभएको छ भने यो कार्य सांस्कृतिक सम्पदाको जगेर्नाको दृष्टिले पनि निकै महत्वपूर्ण रहेको छ । यस प्रकारका व्यक्तिहरूलाई सम्मान र स्थानिय सरकारले यस बाजा संरक्षणमा ध्यान नदिएको उनिहरु बताउछन । नर्सिङ्हाजस्ता बाजा हाम्रो पहिचानसँग जोडिएका सांस्कृतिक सम्पत्ति हुन , जिवलाल परीयार भन्नुहुन्छ ।
यसको संरक्षणका लागि स्थानीय र राष्ट्रिय स्तरमा तालिम, प्रदर्शन र सांस्कृतिक कार्यक्रम आयोजना गरी नयाँ पुस्तालाई आकर्षित गर्न सकिने भन्दै उनिहरुले धेरै अभियान समेत चलाय तर सफल हुन नसकेको उनिहरुको दुखेसो छ । नेपालमा परम्परागत बाजाहरूको संरक्षण र प्रवद्र्धनका लागि विभिन्न प्रयासहरू भइरहेका छन् । विशेष गरी, नौमती बाजा जस्ता बाजाहरूको संरक्षणका लागि सहकारीमार्फत अभियानहरू सञ्चालनमा छन् । केहि समय अगाडि मोरङको सुन्दरहरैचामा सहकारीमार्फत निर्णयनै गरेर नौमती बाजाको संरक्षण अभियान थालिएको छ, जसले नयाँ पुस्तामा यी बाजाप्रतिको आकर्षण बढाउन मद्दत पु¥याइरहेको छ । यता वंगलाचुलीका बाजा भने संरक्षण हुने अवस्थामा छैन । नर्सिङ्हा, नौमती बाजाको एक महत्वपूर्ण अंग हो, जसले नेपाली सांस्कृतिक कार्यक्रमहरूमा विशेष स्थान राख्छ । तर, आधुनिकतासँगै नयाँ पुस्तामा यी बाजाप्रतिको आकर्षण घट्दै गएको छ । यसलाई मध्यनजर गर्दै, स्थानीय तहमा तालिम, कार्यशाला र सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरी नयाँ पुस्तालाई परम्परागत बाजाहरू सिकाउने र तिनको महत्व बुझाउने कार्य आवश्यक छ ।यसरी, आयआर्जनको बाटो समेत बनेका परीयार परीवारहरुलाई अनुदान सहयोग गर्दै आर्थिक सवलीकरणमा जोड दिनुपर्ने समाजसेवि तथा युवा नेता वेचन वलीले बताउनुभयो । साथै उँहाले बाजाको पुस्तान्त्ररण हुन नसक्दा अवका दिनमा विबाह , पुजा पाठ लगायतका शुभकार्यमा परम्परागत पञ्चेबाजा नपाउने अबस्था हुने बताउनुभयो । आधुनिक जमाना संगै आएका गित संगित तथा बाजा गाजाहरुले गर्दा मौलिक बाजा लोप हुन थालेको भन्दै यसको संरक्षणमा सम्बन्धित निकाय सक्रिय रुपमा लाग्नुपर्ने बताउनुभयो । जिवलाल परियारजस्ता व्यक्तिहरूको प्रयास र सहकारी संस्थाहरूको सक्रियताले परम्परागत बाजाहरूको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याइरहेको छ ।
बिगतका बर्षहरुमा मौलिक बाजा संरक्षणका लागि घोराही उपमहानगरपालीकाले धेरै काम गरेको प्रमुख नरुलाल चौधरीले बताउनुभयो । यसका लागि पोशाक खरीख गर्ने र बाजा खरीद गरी सम्बन्धित ब्यक्तिहरुलाई प्रदान गरेको प्रमुख चौधरीले बताउनुभयो । यस बर्ष भने संघिय सरकार तथा प्रदेश सरकारको बजेट अभावका कारण मोलिक बाजा संरक्षणमा बजेट बिनियोजन गर्न नसकिएको हो , प्रमुख चौधरीले बताउनुभयो , साथै उँहाले आउदा बर्षहरुमा बाजा संरक्षणका लागि पहल गर्नुका साथै बजेट बिनियोज गर्ने बताउनुभएको छ । ब्यबसायिक रुपमा आर्थिक आयआर्जनको बाटो समेत पञ्चेबाजा बजाउने गरेको पञ्चेबाजा समुह घोराहीका अध्यक्ष सुरेश परयारले बताउनुभयो । उँहाले बाजाको लागि आफुलाई आवश्यक पर्ने सामानहरु स्थानिय सरकार समक्ष माग गरेको भएपनि नपाएको घोराही १४ खोलिगाँउ निवासि ५७ बर्षिय सुरेश परीयारले गुनासो गर्नुभयो । स्थानिय सरकारबाट सहयोग आशमा रहदा रहदै नपाएपछि ब्यक्तिगत रुपमा सरसामान जुटाउने गरेको उँहाको भनाई छ । बाजा संरक्षणकोलागि अझ सशक्त बनाउन सरकारी निकाय, गैरसरकारी संस्था र स्थानीय समुदायबीच सहकार्य आवश्यक छ, जसले हाम्रो सांस्कृतिक सम्पदाको जगेर्ना गर्न मद्दत पु¥याउने बाजा समुहले बताएको छ ।