२०८२ मङ्सिर २ गते सोमवार

नेकपाले सातै प्रदेशमा एकतासभा गर्ने

काठमाडौँ – नवगठित नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० ले सातवटै प्रदेशमा एकता सन्देश सन्देश सभा आयोजना गर्ने भएको छ ।आइतबार पेरिसडाँडास्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी पूर्वपदाधिकारीहरुको बैठकले सातै प्रदेशमा एकता अभियानलाई लैजाने निर्णय गरेको नेता वामदेव गौतमले जानकारी दिए।

गौतमका अनुसार सन्देश सभाको मितिपछि तय गरिनेछ । ‘सात वटा प्रदेशमा सन्देश सभा दिने निर्णय गरेका छौं । त्यसको मिति तय भइसकेको छैन । सातवटै प्रदेशमा एकताको सन्देश दिन सभा गर्ने निर्णय भएको छ । नेपालमा अब हामीले समाजवाद निर्माण गर्ने सन्देश दिन्छौँ, देउवाले अगाडि भने,

‘नेपालको संविधानले परिकल्पना गरेको र निर्देशन गरेको समाजाद हामीले निर्माण गरेर मुलुकमा विद्यमान सबै समस्या हामीले समाधान गर्छौं । र देशमा ठूलो परिवर्तन ल्याउँछौं भन्ने सन्देशसहित सातै प्रदेशका जनताको बीचमा जान्छौँ।’

प्रकाशित मिति : २०८२ मङ्सिर १ गते आइतवार
प्रतिक्रिया दिनुहोस