घाेराहि १, मंसिर
नेकपा एमालेको आउँदो ११औँ केन्द्रीय महाधिवेशनलाई लक्षित गरेर आन्तरिक छलफल–बहस तीव्र बन्दै गएको छ। यसैबीच पार्टीभित्र पुनः अध्यक्षमा केपी शर्मा ओली नै आउने सम्भावना अत्यधिक रहेको भन्दै एमाले केन्द्रीय सदस्य साजिदा सिद्दिकीले स्पष्ट धारणा सार्वजनिक गर्नुभएकाे छ।
सिद्दिकीका अनुसार चाहे चुनाव लडेर होस् अथवा सर्वसम्मत प्रक्रियाबाट, दुवै अवस्थामा आगामी अध्यक्ष केपी शर्मा ओली नै हुने निश्चितजस्तै देखिएको बताइएको छ। उँहाका अनुसार पार्टीभित्रका प्रमुख नेताहरूले पनि यही धारणा व्यक्त गरिरहेका छन्।
‘विरोध मात्रै गरेर नेतृत्व चल्दैन’
सिद्दिकीले केही नेता तथा कार्यकर्ताले अनावश्यक रूपमा अध्यक्ष ओलीविरुद्ध उठाइरहेका आँचेलपूर्ण अभिव्यक्तिप्रति असन्तोष व्यक्त गर्दै उनीहरूलाई जिम्मेवार हुन आग्रह गर्नुभएकाे छ ।
उँहाले भन्नुभएकाे छ ,“काम नगर्ने, न अध्यक्षज्यूलाई सहयोग गर्ने, तर मिडियामा गएर तमासा देखाउनेहरूको कारणले पार्टी कमजोर हुँदैन। देश र जनताको मान–मर्यादा घटेको होइन, आजको सम्मान त अध्यक्ष केपी ओलीकै कारण सम्भव भएको हो।उँहाका अनुसार पार्टीभित्रका केही असन्तुष्ट समूहले अन्तहीन आलोचना मात्र गरेर केही हासिल गर्न नसकिने र मैदानमा आएपछि जनताले कसलाई समर्थन गर्छन् भन्ने स्पष्ट हुने दाबी गर्नुभयाे ।
पूर्व जिम्मेवारीहरू प्रभावहीन भएको संकेत
सिद्दिकीले पार्टीका ती नेताहरूलाई पनि स्मरण गराउनुभयाे जो पटक–पटक विभिन्न पदमा बसे पनि प्रभावकारी काम गर्न असफल रहे।
उँहाले भन्नुभयाे ,“तपाईंहरू पटक–पटक जिम्मेवारीमा बस्नुभयो, अवसर पाउनुभयो। तर प्राप्त परिणाम जनताले पनि देखेका छन्, पार्टीका हामी सदस्यले पनि मूल्यांकन गरिरहेका छौँ।”उँहाका अनुसार यतिबेला देश तथा जनताको अपेक्षा पूरा गर्ने नेता कोही छन् भने उनी अध्यक्ष ओली नै हुन्।
‘देश र जनतालाई फेरि ओलीकै आवश्यकता’
उँहाले सामाजिक संजालमा लामाे स्ट्याटस राख्दै अझ अगाडि भन्नुभयाे ,“यो मैले लेखेको मात्र होइन, सत्य पनि यही हो—देश अब पनि अध्यक्ष केपी ओलीकै नेतृत्वमा अघि बढ्न सक्छ। हाम्रो अभियान, हाम्रो यात्रालाई ओलीज्यूकै मार्गदर्शनले गति दिनेछ।”
सिद्दिकीका अनुसार पार्टीभित्र जनस्तरमा भएको वातावरण, स्थानीय तहसम्म देखिएको ऊर्जा तथा समर्थनले पनि आगामी महाधिवेशनमा ओली नेतृत्व नै निरन्तरता पाउने संकेत दिएको छ।











