२०८१ चैत्र ९ गते आइतवार

दाङका गोपाल ओलीलाई टमाटर खेतीमा मनग्य सफलता

दाङ । नेपालबाट युवा पुस्ताको विदेश पलायनको क्रम पछिल्लो समय तीव्र रूपमा बढिरहेको बेला दाङमा भने एक जना युवाले टमाटर खेतीबाट लोभलाग्दो आम्दानी गर्न सफल भएका छन् ।आजभन्दा ठीक १० वर्षअघि दाङको घोराही उपमहानगरपालिका–६ कम्दाका गोपाल ओली २१ वर्षकै उमेरमा पैसा कमाउन मलेसिया जानुभएको थियो । तर उहाँलाई पठाएको म्यानपावर कम्पनीले भनेअनुसार काममा नलगाइ सप्लाइ कम्पनीमा पठाएको कुरा मलेसिया पुगेपछि मात्र थाहा भयो। तीन वर्षका लागि मलेसिया गएका गोपाल त्यहाँ भनेअनुसारको काम गर्न नपाएपछि दुई वर्षको बसाइ जसोतसो बिताएर नेपाल फर्किनुभयो। विदेशबाट फर्किए पनि उहाँलाई फेरि एकपटक विदेश नै जाने रहर थियो। त्यसैले फर्केलगत्तै घोराहीमा बसेर कोरियन भाषाको तयारी गर्न थाल्नुभयो । संयोगले त्यसै वर्ष कृषि क्षेत्रमा ओली भाषा परीक्षा पास पनि हुनुभयो । पास भएको दुई वर्षसम्म कोरिया पुग्नुपर्ने थियो। तर, त्यतिबेला नेपालसहित विश्व नै कोरोना महामारीले आक्रान्त थियो। लामो समयसम्मको लकडाउनले गोपालको कोरिया जाने सपना पूरा हुन सकेन। टमाटर उत्पादन हुन एक हप्ता लाग्ने गरेको छ। अहिले प्रतिकिलो थोकमा ४० देखि ४५ र खुद्रामा प्रतिकिलो ५० रुपैयाँमा टमाटर बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ । मलेसियामा आफूहरूलाई काम गर्ने क्रममा त्यहाँका नागरिकले खान नपुगेरै आएको जस्तो व्यवहार गरेको देख्दा गोपाललाई फेरि विदेशिने रहर थिएन । तर आर्थिक रूपमा बलियो हुने सपनाले कोरिया जाने विचार गर्नुभएको थियो ।

त्यसमा पनि सफलता हात नलागेपछि उहाँले घोराहीबाट करिव ३०र३५ किलोमिटर पश्चिममा रहेको तुलसीपुर उपमहानगरपालिका(४ माथिल्लो हलवारमा जमिन भाडामा लिएर तरकारी खेती सुरु गर्नुभयो । ओलीले खेती गर्न थालेको अहिले तीन वर्ष पूरा भएको छ । काम गर्दा गोपाललाई पनि कठिनाइ नभएको भने होइन। गतवर्ष करिब एक बिघा जमिनमा लगाएको काउली र बन्दागोबी बिक्री नभएपछि उहाँले गाईगोरुलाई खुवाउनु परेको थियो ।ओलीले भन्नुभयो–“कोरिया गएको भए हिजोआज अर्काको खोरिया फाँडेर टमाटर रोपिरहेको हुन्थेँ होला। अहिले आफ्नै देशभित्र खोरियामा टमाटर रोपिरहेको छु। म यसैमा खुसी छु।” माथिल्लो हलवारमा ओलीले खेती गरेको तीन बिघा जमिनमा अहिले लटरम्म टमाटर पाकेका छन्। टिप्नका लागि खेतभरि गोपालसँगै ज्यालादारी मजदुरी गर्ने कामदारहरू भेटिन्छन् । उहाँका अनुसार केही दिनअघिसम्म चार दिनको फरकमा यो सिजनमा सयदेखि १ सय १० क्विन्टलसम्म टमाटर बजारमा बिक्रीका लागि पठाउनुभएको थियो ।

३१ वर्षीय गोपाल ओलीको टमाटर खेती केवल उहाँको आयआर्जनको स्रोत मात्रै नभइ नेपाली माटोमा पौरख गर्ने युवा पुस्ताहरूका लागि प्रेरणाको स्रोत बनेको छ। हिजोआज चिसो बढेसँगै सोही परिमाणको टमाटर उत्पादन हुन एक हप्ता लाग्ने गरेको छ। अहिले प्रतिकिलो थोकमा ४० देखि ४५ र खुद्रामा प्रतिकिलो ५० रुपैयाँमा टमाटर बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ । थोक मूल्यकै हिसाबलाई आधार मान्ने हो भनेपनि उहाँले हरेक हप्ता चार लाख रुपैयाँभन्दा बढीको टमाटर बिक्री गर्दै आउनुभएको छ । गोपालले प्रति कठ्ठा पाँच हजारका दरले तीन विगाह जमिनको वार्षिक तीन लाख रुपैयाँ भाडा तिर्नुहुन्छ । खर्च कटाएर यो व्यवसायबाट वार्षिक १० लाख रुपैयाँसम्म बचत गर्न सकिने उहाँ बताउनुहुन्छ । तरकारी खेतीमा नियमित कामदार आवश्यक नपर्ने भएकाले सिजनमा १० देखि १५ जनाले आंशिक रोजगारीसमेत पाएका छन् । कुनै पनि व्यवसायलाई सफलतापूर्वक अघि बढाउन सीप, श्रम र लगानीको समायोजन मिल्नुपर्छ भन्ने ३१ वर्षीय गोपाल ओलीको टमाटर खेती केवल उहाँको आयआर्जनको स्रोत मात्रै नभइ नेपाली माटोमा पौरख गर्ने युवा पुस्ताहरूका लागि प्रेरणाको स्रोत बनेको छ।

प्रकाशित मिति : २०८१ पुष १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस