२०८३ जेष्ठ ११ गते सोमवार

गुरुकुल एकेडेमीका विद्यार्थिद्धारा मिडिया हाउसको अवलोकन

घोराही २६ कार्तिक
गुरुकुल एकेडेमी घोराहीका विद्यार्थिहरुले मिडिया हाउसको अवलोकन गरेका छन ।गुरुकुल एकेडेमी घोराहीका कक्षा ६ देखि कक्षा ९ सम्मका करीव १५० जना विद्यार्थिहरुले दाङ घोराहीबाट दैनिक रुपमा प्रकाशित हुने रंगिन पत्रिका नँया युगबोध राष्ट्रिय दैनिक पत्रिकाको प्रकाशन कक्षको अवलोकन गरेका हुन । विद्यार्थिहरुलाई समाचार निर्माण र मिडियाबाट प्रकाशन सम्बन्धि ब्यबहारीक ज्ञान दिनको लागि संचार घरहरुको अवलोकन गराउने गरी कार्यक्रम गरीएको विद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसिले जानकारी दिनुभयो ।

यद्यपि यस्ताखालका गतिबिधि रहेका जानकारी मुलक प्रशिक्षण कार्यक्रम विद्यालयमा पनि आयोजना गर्ने गरीएका प्रधानाध्यापक डिसिले जानकारी दिनुभयो । उँहाले प्रशिक्षण मात्र नभएर प्रतक्ष्य रुपमा संचार घरको अवलोकन गराउदा अझै विद्यार्थिहरुले जानकारी लिन सक्ने र प्रभावकारी राम्रो हुने बताउनुभयो । यसगरी विद्यार्थिहरुले पनि आफुले बिभिन्न सामाजिक संजालका प्ल्याटफममा देखेका समाचारहरु कसरी बन्छन र प्रशारण हुन्छन भन्ने कुराको खुल्दुलि रहेको कक्षा ९मा अध्ययणरत छात्र आरुष शाक्यले बताए ।

आज विद्यालयले आयोजना गरेको मिडिया हाउस अवलोकन कार्यक्रमले आफुले धेरै कुराको जानकारी लिन सफल भएको उनले बताए । गुरुकुल एकेडेमीले आयोजना गर्ने बिभिन्न अतिरीक्त कृयाकलापहरुमा सहभागि हुदा विद्यार्थिहरुको सर्वागिंन बिकास हुने विद्यार्थिहरुले बताएका छन ।

पत्रिका प्रकाशन सम्बन्धि नँया युगबोध राष्ट्रिय दैनिकका सम्पादक लक्ष्मि आचार्यले जानकारी गराउनुभएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसि , संस्कार प्रमुख भुगोल कवर मगर , परीक्षा संयोजक विवेक देबकोटा , विज्ञान विषय संयोजक भवन आचार्य र इसिए संयोजक विशालमान श्रेष्ठको सभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८१ कार्तिक २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस