दाङ, घोराही ।
स्वर्गद्धारी बोर्डिङ स्कुल नारायणपुरबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा हासिल गर्दै ४ जिपिए ल्याएर उत्तीर्ण भएका विद्यार्थी सफल खड्का कक्षा ११ मा अध्ययनका लागि गुरुकुल एकेडेमी घोराहीमा भर्ना भएका छन । उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका खड्काको आगमनसँगै गुरुकुल एकेडेमीमा उत्साह थपिएको छ। एसइईमा शतप्रतिशत अंकका साथ उत्कृष्ट सफलता हासिल गरेका सफल खड्काले अब आफ्नो उच्च माध्यमिक शिक्षा गुरुकुल एकेडेमीमा अगाडि बढाउने बताएका छन। विद्यालयमा भर्ना प्रक्रियाका लागि पुगेका खड्काले गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र अनुभवी शिक्षकहरूको कारण आफूले गुरुकुल एकेडेमी रोजेको बताएका छन्।
उनले कक्षा ११ मा पनि उत्कृष्ट नतिजा हासिल गर्दै आफ्नो शैक्षिक यात्रालाई थप सफल बनाउने लक्ष्य रहेको बताए। एसइईमा ४ जिपिए ल्याउन सफल भएका खड्काको यो उपलब्धिले परिवार, शिक्षक तथा विद्यालयलाई गर्व महसुस गराएको छ। गुरुकुल एकेडेमी घोराही पनि उत्कृष्ट विद्यार्थीहरूको पहिलो रोजाइ बन्न सफल हुँदै आएको छ। विद्यालयले गुणस्तरीय शिक्षा, आधुनिक शिक्षण पद्धति, दक्ष शिक्षक टोली तथा अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिँदै आएको विद्यालयका प्रधानाध्यापक प्रदीप राजभण्डारीले जानकारी दिनुभयो।
४ जिपिए ल्याएका सफल खड्काको गुरुकुल एकेडेमीमा आगमनले विद्यालयको शैक्षिक वातावरणमा थप सकारात्मक ऊर्जा थपिएको विद्यालयका प्लस टु संयोजक राजन अधिकारीले बताउनुभयो। यस्ता प्रतिभावान विद्यार्थीहरूको उपस्थितिले अन्य विद्यार्थीलाई समेत प्रेरणा मिल्ने विश्वास गरिएको उँहाले बताउनुभयो । कक्षा ११ मा भर्ना हुन गुरुकुल एकेडेमी पुगेका सफल खड्कालाई विद्यालय परिवारले स्वागत गर्दै आगामी शैक्षिक यात्राको सफलताको शुभकामना व्यक्त गरेको छ। उत्कृष्ट नतिजासहित आएका खड्काले आगामी दिनमा पनि आफ्नो मेहनत र लगनशीलताबाट नयाँ सफलता हासिल गर्ने अपेक्षा गरिएको छ।










