
भालुवाङ २० चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहकारी संस्थाहरू उत्पादनमा नजोडिँदा सम्म प्रदेशले समृद्धिको लक्ष्य पूरा गर्न नसक्ने बताएका छन् ।
कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयले आयोजना गरेको ६८ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा बुधबार लुम्बिनी प्रदेशका उत्कृष्ट सहकारी संस्थाहरूलाई पुरस्कार प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय उत्पादन बढाउन सहकारी संस्थाहरू अनिवार्य रूपमा जोडिनुपर्ने बताएका हुन् । ञजुन लक्ष्य र उद्देश्य बोकेर सहकारीहरू निर्माण भएका छन् । जसरी उत्पादनसँग जोडिनुपर्थ्यो । त्यसरी नजोडिएको देखेको छुझउनले भने– ञसहकारी संस्थाको माध्यमबाट स्थानीय उत्पादन बढाउन सकिन्छ । किसानको उत्पादन बजारसम्म पुर्याउन सकिन्छ । आयआर्जन बढाउन सकिन्छ । किसानको जीवनस्तर माथि उठाउन सकिन्छ ।झ
हरेक सहकारी संस्था उत्पादनसँग जोडिनुपर्नेमा मुख्यमन्त्री आचार्यको जोड छ । समाजवादको आधारशिला सहकारी भएको र प्रदेश सरकारले सहकारी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । पछिल्लो समय सहकारीहरू आफ्ना लक्ष्य, उद्देश्यभन्दा बाहिर गएर काम गर्दा समस्या उत्पन्न भएको र त्यसलाई ट्र्याकमा ल्याउने काम सरकारले गरिरहेको जानकारी गराए। ञनियतबस खोलिएका सहकारीका कारण अत्यन्त राम्रो काम गरेका सहकारीहरूप्रति पनि मान्छेहरूले औंला ठड्याउने परिस्थिति निर्माण भएको छ । तर, राम्रो काम गर्ने सहकारी अभियन्ताहरू विचलित हुने अवस्था आउन दिने छैनौंझउनले भने – झनकारात्मक काम गर्ने, उपभोक्ताको रकम अपचलन गर्ने त्यस्ता सहकारीलाई निरुत्साहित गर्ने, कानुनी दायरामा ल्याउने काम भइरहेका छन् ।झ राम्रो काम गरेका सहकारी संस्थालाई प्रोत्साहन गर्ने नीति सरकारले लिएको बताए । सहकारी अभियानलाई अझ व्यापक बनाउनुपर्नेमा मुख्यमन्त्री आचार्यले जोड दिए ।
मन्त्री दिनेश पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मन्त्री पन्थीले सहकारी टिम तयार गरि जिल्ला जिल्लामा पुग्ने तयारी गरेको बताए । उनले सहकारी अगुवाहरूलाई तालिमको व्यवस्था मिलाएको बताए । स्थानीय तहको सहकारीलाई व्यवस्थित र मर्यादित बनाउने बताए ।
लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले संविधानको तीन खण्डे अर्थनीति अनुसार छरिएर रहेको पुजीलाई एकीकृत गरेर उत्पादनमा जोड्नमा सहकारीको भुमिका महत्त्वपूर्ण रहेको बताए । उनले सहकारीको नियमन तथा व्यवस्थापन तथा सहकारी अभियानको समिक्षा गर्न मन्त्रालयमा बसेर छलफल गर्न जरुरी रहेको बताए । प्रदेश योजना आयोगका अध्यक्ष डा। डिल्लीराज पौडेलले सम्मुनत समाज निर्माण गर्न संविधानले सहकारीलाई परिकल्पना गरेको बताए । उनले केही सहकारीका कारण बचतकर्तामा फैलिएको भ्रमलाई चिर्न जरूरी रहेको बताए । सहकारीमा अहिले चुनौती रहेको भएपनि त्यसलाई सामना गरेर अवसरमा बदल्न जरूरी रहेको समेत उनले बताए
त्यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सहकारीमा अरवौ रकम बचत भएपनि उत्पादनमा लगानी नहुँदा अर्थतन्त्रमा समस्या भएको बताए । त्यस्तै उनले सहकारी नियमन नहुँदा सहकारीहरू समस्याग्रस्त अवस्थामा गइरहेको बताए । कार्यक्रमको सञ्चालन प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष टिकाराम पोख्रेलले गरेका थिए ।