२०८२ जेष्ठ ३ गते शुक्रवार

११ घन्टा सम्म पनि आगाे नियन्त्रणमा आयन

घाेराहि १२ चैैत्र

आईतबार सबै कर्मचारीको तलब बुझ्ने दिन । त्यही दिन तलब बुझ्ने र विदामा बस्ने गर्थे । सधै यसरी नै आईतबार विदा हुन्छ । उद्योगमा कर्मचारी पनि कोही थिएनन् । त्यही बेला भयो–दाङको घोराही उपमहानगरपालिका वडा नं. ९ खैरा स्थित सांग्रिला प्लाई उद्योगमा आगलागी । आइतबार विहान १ बजेतिर आगलागी भएको हो । तर, त्यो आगो अझै नियन्त्रणमा आउन सकेको छैन । सोही उद्योगमा ५ सय बढि कर्मचारीले काम गर्छन् ।

विहान साढे ११ बजेसम्म पनि आगलागी नियन्त्रणमा आउन नसकेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी बरिष्ठ उपरीक्षक जनार्दन जीसीले बताए । उनका अनुसार हाल ७ वटा दमकलले आगो निभाई रहेको छ । तर, पनि नियन्त्रणमा आउन सकेको छैन ।

दाङको घोराही, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिका तथा बर्दियाको बाँसगढी नगरपालिका, बाँकेको कोहलपुर नगरपालिका, कपिलबस्तुको शिवराज नगरपालिका र रुपन्देहीबाट एउटा दमकल ल्याएर आगो निभाउने क्रम जारी छ ।
प्लाईका धेरै सामग्रीहरु भएकाले आगो निभाउन ढिलाई भएको उनको भनाई छ । “प्लाईका धेरै सामग्री छन्, आगो बलिरहेको छ”,उनले भने “अझै समय लाग्ने देखिन्छ ।” आसपासमा बस्ति भएपनि त्यो बस्तिकालागि जोखिम भने नभएको उनले बताए ।

आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरिएको छ । तर, अझै पनि क्षतिको विवरण आईपुगेको छैन । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीसहित सुरक्षा निकाय, स्थानीयलगायतले आगो नियन्त्रण गरिरहेका छन् ।  सात विघा क्षेत्रफलमा उक्त उद्योग सञ्चालित छ ।

प्रकाशित मिति : २०८१ चैत्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस