२०८२ असार २७ गते शुक्रवार

गुरुकुलमा जील्लामै पहिलो पटक विद्यार्थिहरुको लागि स्केटपार्क

घोराही २० पौष
दाङ जील्लाको घोराही १५ रतनपुरमा २०७२ सालबाट संचालनमा आएको गुरुकुल एकेडेमी अहिले ९औ बर्ष पार गर्दै छ । बिभिन्न अफ्ठेरा परीस्थितिबाट संघर्ष गर्दै आएको गुरुकुल एकेडेमी छोटो समयमै जील्लामा सकारात्मक छाप बसाल्न सफल भएको छ । सफलताको अट्किलो संगै शैक्षिक सत्र २०८१ बाट गुकुल एकेडेमीले लमहि र तुलसिपुरमा पनि आफ्ना शाखाहरु मार्फत विद्यालय सचालनमा ल्याएको छ ।

विद्यार्थिहरुको लागि अत्यधिक सेवा सुविधा दिदै आएको विद्यालयले एक पछि अर्को सुविधा दिदै आएको छ । यसै अवशरमा गुरुकुल एकेडेमी तुलसिपुरले आफ्ना विद्यार्थिहरुको लागि निशुल्क स्केट पार्कको ब्यबस्था गरेको छ । दाङ जिल्लामै पहिलो पटक स्केट पार्क सहितको विद्यालय भएको विद्यालयले बताएको । मनोञ्जनको लागि विद्यार्थिहरु ब्यबसायिक रुपमा खोलीएका स्केटपार्कमा प्रति घन्टा १०० देखि ३०० सम्मको टिकेट काट्नुपर्ने बाद्यता आफ्ना विद्यार्थिहरुको लागि हटेको विद्यालयको भनाई छ । पढाई संगै अन्य अतिरीक्त कृयाकलाप पनि गराउदै आएको गुरुकुल एकेडेमीले शिक्षा सहित खेलकुदमा विद्यार्थिहरुको सर्वाङ्गिन विकास गर्ने उद्धेश्यले उक्त स्केटपार्क संचालनमा ल्याइएको गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभयो ।

साथै विद्यालयले यहि माघ २१ गते सरस्वति पुजाको अवशरमा निशुल्क भर्ना समेत खोलेको छ । सिमित सिटमा भर्ना खुलेको विद्यालयमा समयमै आफ्ना बालबालीकाहरुको भर्ना गरी शैक्षिक संगै अतिरीक्त कृयाकलाप तथा ब्यबहारीक ज्ञान हासिल गर्न पनि विद्यालयले अनुरोध गरेको छ । साथै गुरुकुल एकेडेमी लमहीले पनि विद्यार्थिहरुको लागि स्केटपार्कको सुविधा थप गरी संचालनमा ल्याउने तयारी गरेको छ ।

प्रकाशित मिति : २०८१ पुष २० गते शनिवार
प्रतिक्रिया दिनुहोस