२०८२ मङ्सिर २ गते सोमवार

नेपाल प्रहरी विद्यालय घोराहीमा प्रथम इन्टर स्कुल डिआईजिपी फुटबल प्रतियोगिता सुरु,नेपाल पुलिस स्कुलकोे बिजयि सुरुवात


दाङ, १९ कात्तिक ।

लुम्बिनी प्रदेशस्तरीय प्रथम इन्टर स्कुल डिआईजिपी फुटबल रनिङ शिल्ड प्रतियोगिता–२०८२ बुधवारदेखि सुरु भएको छ । विद्यालयमा अध्ययनरत बालबालिकालाई शिक्षासँगै खेलकुदका गतिविधिमा अघि बढाउने र उनीहरूमा भएको अन्तरनिहित प्रतिभा उजागर गर्ने उद्देश्यले नेपाल पुलिस विद्यालय घोराहीको आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक दिपक श्रेष्ठले खेलकुद क्षेत्रको विकाससँगै नयाँ खेलाडी उत्पादनका लागि प्रतियोगिताले सहयोग गर्ने बताउनुभयो । शिक्षासँगै बालबालिकामा अन्तरनिहित प्रतिभालाई उजागर गर्ने शिक्षा अहिलेको आवश्यकता रहेको भन्दै कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले हरेक विद्यालयले शिक्षासँगै खेलकुदका गतिविधिलाई बढाउँदै बालबालिकालाई सहभागी गराउनुपर्नेमा जोड दिनुभयो ।नेपाल पुलिस विद्यालय घोराहीका प्रिन्सिपल नुमलाल पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, घोराही नगर खेलकुद समितिका अध्यक्ष नरेन्द्र पुनलगायतले प्रतिभाको सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थायो ।

प्रहरी निरीक्षक रामकुमार केसीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण विद्यार्थी मेधावी बुढाथोकी र पुजा पाण्डेले गर्नुभएको थियो आजको पहिलो खेल नेपाल पुलिस स्कुल र ज्ञान ज्योती एजुकेशनल एकेडेमी, घोराही, दाङ विच भएको थियो । जसमा पहिलो गोल नेपाल पुलिस स्कुल, दाङका कप्तान अमित मल्लले खेल सुरु भएको ४ मिनेटमा र दोस्रो गोल प्रतिक थापाले १७ मिनेटमा गरेका थिए भने खेलको दोस्रो हाफको १० मिनेटमा ज्ञानज्योती एजुकेशनल एकेडेमी घोराही दाङका दुर्गा प्रसाद गिरीले १ गोल फर्काएका थिए । खेलमा २–१ ले नेपाल पुलिस स्कुल विजय भएको थियो । खेल निकै प्रतिष्पर्धात्मक भएको थयो । उक्त खेल कार्तिक २९ गते सञ्चालन हुनेछ ।

घोराही उपमहानगरपालिका–१७ गुलरियास्थित नेपाल प्रहरी विद्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगितामा जिल्लाका २२ वटा विद्यालयका २४ वटा टिमको सहभागीता रहेको छ । २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेताले ८० हजार रुपियाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछ भने उपविजेता हुने स्कुलले नगद ४० हजारसहित मेडल र ट्रफि प्राप्त गर्नेछ । प्रतियोगिताको सेमिफाइनल पुग्ने टोलीलाई समेत नगद ६ हजार रुपियाँसहित प्रमाणपत्र प्रदान गरिने छ । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई समेत विधागत रूपमा पुरस्कृत गरिने प्रिन्सिपल पाण्डेले जानकारी दिए । प्रत्येक वर्ष सञ्चालन हुने प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीको सहभागीता रहेको छ । भोली कार्तिक २० गतेको पहिलो खेल बिहान ९ बजे दिपशीखा मा.वि. र राप्ती मोडर्न एकेडेमी विच हुनेछ ।

प्रकाशित मिति : २०८२ कार्तिक २० गते बुधवार
प्रतिक्रिया दिनुहोस