दाङ
नेकपा (एमाले) को तर्फबाट मुस्लिम कलस्टरको समानुपातिक सूचीमा १ नम्बरमा उम्मेदवार बन्न सफल केन्द्रीय सदस्य साजिदा सिद्धिकीले समावेशी लोकतन्त्र, सामाजिक न्याय र दिगो विकासलाई केन्द्रमा राख्दै आफ्ना मुख्य एजेन्डा सार्वजनिक गर्नुभएको छ। मुस्लिम महिला समुदायबाट उदाएको प्रभावशाली नेतृत्वका रूपमा सिद्धिकीको उम्मेदवारीलाई समावेशी प्रतिनिधित्वको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। साजिदा सिद्धिकीले समावेशी नेतृत्वको सशक्त प्रतिनिधिका रूपमा आफूलाई प्रस्तुत गर्दै मुस्लिम महिला समुदायसहित सबै पिछडिएका वर्गको आवाज नीति निर्माण तहसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले समावेशी लोकतन्त्र केवल नारामा सीमित नराखी व्यवहारमै कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ।

उहाँको अर्को प्रमुख एजेन्डा शिक्षा, स्वास्थ्य र रोजगारीमा स्पष्ट प्रतिबद्धता रहेको छ। विशेषगरी युवा, महिला तथा आर्थिक–सामाजिक रूपमा पछाडि परेका समुदायका लागि व्यवहारिक, परिणाममुखी नीति तथा कार्यक्रम ल्याउने उहाँको भनाइ छ। गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा र स्वदेशमै रोजगारी सिर्जना गर्ने विषयलाई उहाँले प्राथमिकतामा राख्नुभएको छ। नेकपा एमालेको केन्द्रीय सदस्यका रूपमा लामो समयदेखि संगठन र विचारप्रति निष्ठावान रहँदै आउनुभएकी सिद्धिकी अनुभवी नेतृत्वको रूपमा परिचित हुनुहुन्छ। पार्टीको नीति, सिद्धान्त र संगठनप्रति दृढ समर्पणका कारण उहाँलाई एमालेभित्र भरोसायोग्य नेतृका रूपमा लिइएको छ।त्यसैगरी, साजिदा सिद्धिकीले आफूलाई सामाजिक न्याय र समानताको पक्षधर नेतृका रूपमा स्थापित गर्दै आउनुभएको छ। विभेद, अन्याय र असमानताविरुद्ध सशक्त रूपमा आवाज उठाउँदै सामाजिक सद्भाव, आपसी सम्मान र समान अवसर सुनिश्चित गर्न निरन्तर संघर्ष गर्ने उहाँको प्रतिबद्धता रहेको छ।

एमालेको स्थिर र स्पष्ट राजनीतिक नेतृत्वमार्फत देशमा स्थायित्व र विकास सम्भव हुने विश्वास व्यक्त गर्दै उहाँले आफूलाई स्थायित्व र विकासको भरोसायोग्य उम्मेदवारका रूपमा प्रस्तुत गर्नुभएको छ। पार्टीको विकासमुखी सोच, सुशासन र समृद्धिको यात्रामा मुस्लिम समुदायसहित सबै नेपालीलाई समान रूपमा सहभागी गराउने उहाँको धारणा छ।समग्रमा, मुस्लिम महिला समुदायबाट उदाएकी सशक्त नेतृ साजिदा सिद्धिकीको उम्मेदवारीले समावेशी प्रतिनिधित्वलाई बलियो बनाउनुका साथै सामाजिक न्याय, समानता र विकासका मुद्दालाई राष्ट्रिय राजनीतिमा थप मजबुत बनाउने अपेक्षा गरिएको छ। साथै उँहाले नेकपा एमालेको तर्फबाट दाङ क्षेत्र नं १ बाट उम्मेद्धार बन्नुभएका केन्द्रिय लेखा आयोगका सदस्य रेवतिरमण शर्मा , क्षेत्र नं २ बाट उम्मेद्धार बन्नुभएको नेकपा एमाले महासचिव शंकर पोख्रेल र क्षेत्र नं ३ बाट केन्द्रिय सदस्य घनश्याम पान्डेलाई अत्यधिक बहुमतका साथ बिजयि बनाउन पनि सम्पुर्णमा अपिल गर्नुभएको छ ।










