
दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि उत्पन्न बिवाद मिलेको छ । घोराही उपमहानगरपालिका–१८ मसिनास्थित ब्रह्मचारी टोल निवासी २१ वर्षकी गुड्डी सुनारलाई सुत्केरी व्यथा लागेपछि प्रतिष्ठानमा ल्याइएकोमा बिरामीको अबस्था जटिल भएका कारण सामान्य डेलिभरी हुन नसकेपछि शल्यक्रियामार्फत सुत्केरी गराएको केही समयमा सुत्केरीको मृत्यु भएको थियो। मृत्युको बारेमा सत्य तथ्य छानबिन गर्ने सहमतिपछि बिबाद मिलेको प्रतिष्ठानका सुचना अधिकारी निसानदाजु भट्टराईले जानकारी दिए । पिडित परिवारको सहभागितासहितको प्रतिष्ठानका सह- निर्देशक डा. सुरेश रसाईलिको नेतृत्वमा सत्य तथ्य पत्ता लगाउन छानबिन समिति बनाउने अस्पताल प्रशासन र पिडित परिवार बिच निर्णय भएको छ ।
यसैगरेर दुबै पक्ष बिच शल्यकृया मार्फत जन्म भएको बच्चा १८ बर्षसम्म नपुग्दासम्म प्रतिष्ठानबाट प्रबाह हुने सबै सेवा निशुल्क गर्ने, अस्पतालको सेवामा अबरोध नगर्ने, उपचारमा संलग्न चिकित्सकमाथी हातपात नगर्ने सहमति भएको छ । प्रतिष्ठानका उपकुलपति डा. बिकास लामीछाने, शिक्षाध्यक्ष प्राडा बसन्त लामीछाने, अस्पतालका निमित्त निर्देशक प्राडा जनार्दन पन्थि, सह निर्देशक डा.सुरेश रसाइलि, घोराही १८ का वडा अध्यक्ष भरत अर्याल र पिडित बिरामी परिवार बिच शुक्रबार र शनिबार दिनभरिको सामुहिक छलफलबाट निष्कर्ष निकालिएको हो ।
बिरामीका आफन्तले चिकित्सकमाथि हातपात गरेर दुर्ब्यबहार गरेको घटनामा चिकित्सकले छलफलमा बिरोध जनाएका थिए । बिरामिका आफन्तले अस्पतालको ‘अपरेशन वार्ड’मा प्रवेश गरी केही चिकित्सक माथि हातपात गरेपछि चिकित्सकले असन्तुष्टि जनाएका छन । सुत्केरी हुने महिलाको खुट्टा नचल्ने र प्यारालाईज्डको अबस्थामा रहेकाले बिरामिको आफन्तसंग बिरामीको गम्भिर अबस्था रहेको बारे जानकारी दिएर शल्यकृया मार्फत सुत्केरी गराईएको र केही समयपछि सुत्केरी महिलाको मृत्यु भएको तथा बच्चालाई जोगाउन सफल भएको अस्पतालले जानकारी दिएको छ ।