२०८२ पुष २२ गते मङ्गलवार

एनएमबि बैंक घोराहीद्वारा राप्ती स्वास्थ्य प्रतिष्ठानलाई पाँच थान कम्प्युटर सहयोग

दाङ । एनएमबि बैंक घोराही शाखाले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई पाँच थान डेक्सटप कम्प्युटर सहयोग गरेको छ । आईतबार एक कार्यक्रमका बिच बैंक शाखा घोराहीका म्यानेजर रमेश रेग्मीले प्रतिष्ठानका उपकुलपति डा। बिकास लामीछाने, रजिस्ट्रार प्रा। श्याम लम्साल र निमित्त अस्पताल निर्देशक डा। सुरेश रसाईलिलाई डेल कम्पनिको पाँच थान कम्प्युटर हस्तान्तरण गर्नु भएको हो ।

प्रतिष्ठानको सुचना प्रविधीलाई बलियो बनाउदै मेडिकल रेकर्ड प्रणालिलाइ चुस्तदुरुस्त बनाउन कम्प्युटरले सहयोग पुर्याउने उपकुलपति डा। लामीछानेले बताउनु भयो । प्रतिष्ठानका रजिस्ट्रार प्रा। लम्सालले प्रत्येक वार्डमा कम्प्युटर राखेर मेडिकल रेकर्डलाई ब्यबस्थित बनाईने बताउनु भयो । प्रतिष्ठानको आईटिको बिकासका लागि सहयोग गरेकोमा शाखा म्यानेजरसहित बैंक परिवारलाई उहाँले धन्यवाद दिनु भयो । सो अवसरमा प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा। रसाईलिले अस्पतालका विभिन्न वार्डमा रहेका बिरामिहरुको प्रबिधीको सहयोगमा अभिलेखिकरण गरेर एकिकृत गर्न, डाटा भण्डारण गर्न र सेवा प्रबाह गर्न सहयोग पुग्ने अपेक्षा रहेको बताउनु भयो ।

त्यस्तै बैंकका शाखा म्यानेजर रेग्मिले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रतिष्ठानलाई कम्प्युटर सहयोग गरिएको बताउनु भयो ।सो अवसरमा बैंकका लोन म्यानेजर कृष्णप्रसाद भट्टराई, सिएसडि मञ्जिला आत्रे्य, प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराई, आईटि अफिसर हिरालाल भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८२ असार १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस