
फाल्गुन ९ बर्दिया
सुदुरपश्चिम विश्वविद्यालय बाट सम्बन्धन प्राप्त गरि जनसमुदाय स्तर बाट बर्दियाको गेरुवा गाउँपालिका २ पाताभारमा संचालनमा आएको गेरुवा बहुमुखी क्याम्पसको उद्घाटन भएको छ । गेरुवा बहुमुखी क्याम्पस व्यवस्थापन समितिको आयोजनामा आयोजित एक औपचारिक कार्यक्रमक बीच लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले क्याम्पसको उद्घाटन गर्नु भएको हो ।
विश्वविद्यालयले व्यवस्थापन संकाय सहित शिक्षाशास्त्र संकाय तर्फ नेपाली र जनसंख्या शिक्षा अध्यापन गराउने गरि अस्थाई स्विकृति प्रदान गरेको छ । क्याम्पस सञ्चालनका लागि धरौटी वापतको ३० लाख रुपैया गेरुवा गाउँपालिका मार्फत व्यवस्थापन गरिएको थियो ।
चालु आर्थिक वर्ष देखि सञ्चालन हुनेगरी व्यवस्थापन संकाय तर्फ ८८ र शिक्षा शास्त्र संकाय तर्फ ३५० जना गरी जम्मा ४ सय ३८ जना विद्यार्थीले अध्ययन गर्न पाउने गरी विश्वविद्यालयले अध्यापन अनुमती प्रदान गरेको छ । हाल लाई एक प्रिय राठौर माध्यमिक विद्यालयको भवनमा सञ्चालनमा ल्याईएको क्याम्पसमा पहिलो सेमेस्टरको भर्ना कार्यक्रममा करिब ५२ जना विद्यार्थी सहभागी भएको क्याम्पस प्रशासनले जनाएको छ ।