२०८१ चैत्र ९ गते आइतवार

एसईई परीक्षाको चैत्र ७ गतेदखि हुने : तालिका समेत सार्वजनिक

०८१ सालको एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुने भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले मङ्गलबार तालिका सार्वजनिक गर्दै चैत ७ गतेदेखि परीक्षा सुरु हुने जानकारी दिएको हो।

तालिका अनुसार, पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ। यस दिन संस्कृत वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा पनि हुनेछ। दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ। त्यसपछि चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुनेछ।

प्रकाशित मिति : २०८१ माघ २ गते बुधवार
प्रतिक्रिया दिनुहोस