२०८३ जेष्ठ ९ गते शनिवार

गुरुकुल एकेडेमीमा लोकतान्त्रिक अभ्यासः निर्वाचनमार्फत कप्तान तथा सदन नेतृत्व चयन

घोराही ३१ बैशाख
गुरुकुल एकेडेमीले विद्यार्थीहरूमा नेतृत्व विकास, जिम्मेवारीबोध, लोकतान्त्रिक संस्कार तथा अनुशासनको भावना अभिवृद्धि गर्ने उद्देश्यका साथ विद्यालय कप्तान, उपकप्तान तथा विभिन्न सदनका कप्तान र उपकप्तान चयनका लागि निर्वाचन सम्पन्न गरेको छ । विद्यालयका घोराही, तुलसिपुर र लमही गरी तीनवटै शाखामा एकैसाथ लोकतान्त्रिक प्रक्रियामार्फत निर्वाचन सम्पन्न गरिएको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयले विद्यार्थीहरूलाई सानै उमेरदेखि मतदानको महत्व, नेतृत्व चयन प्रक्रिया, जिम्मेवारी निर्वाह र लोकतान्त्रिक अभ्यासको अनुभव गराउने उद्देश्यले निर्वाचन कार्यक्रम आयोजना गरेको जनाएको छ । विद्यार्थीहरूले उत्साहपूर्वक मतदानमा सहभागी भई आफ्ना प्रतिनिधि चयन गरेका थिए । निर्वाचन प्रक्रियाले विद्यालय परिसरमा लोकतान्त्रिक अभ्यासको सुन्दर उदाहरण प्रस्तुत गरेको थियो ।

गुरुकुल एकेडेमी घोराही शाखाको विद्यालय कप्तानमा कृष्ण थापा निर्वाचित भएका छन् भने उपकप्तानमा दुर्गा पुन निर्वाचित भएकी छन् । त्यसैगरी विभिन्न सदनअन्तर्गत इमरल्ड सदनको कप्तानमा सक्षम डीसी तथा उपकप्तानमा भिमा दशौदी निर्वाचित भएका छन् । सफायर सदनको कप्तानमा रादीप बाठा मगर तथा उपकप्तानमा कृति चौधरी, टोपाज सदनको कप्तानमा वेल्सन आचार्य तथा उपकप्तानमा मानुसी पोख्रेल र रुबी सदनको कप्तानमा सक्षम रोका तथा उपकप्तानमा शुभ्रत खनाल निर्वाचित भएका छन् । यस्तै, गुरुकुल एकेडेमी तुलसिपुर शाखाको विद्यालय कप्तानमा संस्कृति पुन मगर तथा उपकप्तानमा दिगम केसी निर्वाचित भएका छन् । सदनतर्फ इमरल्ड सदनको कप्तानमा अनुस्का डाँगी तथा उपकप्तानमा सक्षम गौतम, सफायर सदनको कप्तानमा सुदीप खड्का तथा उपकप्तानमा मनि भुषाल निर्वाचित भएका छन् । त्यसैगरी टोपाज सदनको कप्तानमा प्रिन्स थापा तथा उपकप्तानमा दिपिना भण्डारी र रुबी सदनको कप्तानमा अनुस्का केसी तथा उपकप्तानमा सुशान्त पुन मगर निर्वाचित भएका छन् ।

त्यसैगरी गुरुकुल एकेडेमी लमही शाखामा विद्यालय कप्तानमा जस्टिन बस्याल तथा उपकप्तानमा युरिका बुढाथोकी निर्वाचित भएका छन् । विभिन्न हाउसअन्तर्गत रेड हाउसको हेडब्वाईमा मुनाल ज्ञवाली तथा हेडगर्लमा त्रिशाना सुवेदी, ब्लु हाउसको हेडब्वाईमा विल्सन चौधरी तथा हेडगर्लमा कृतिका गिरी निर्वाचित भएका छन् । यस्तै एलो हाउसको हेडब्वाईमा प्रतीक महतो तथा हेडगर्लमा श्वेता बसेल र ग्रीन हाउसको हेडब्वाईमा गौरव चौधरी तथा हेडगर्लमा जानकी पुन मगर निर्वाचित भएका हुन् ।

विद्यालयका अनुसार निर्वाचन कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व क्षमता विकास गर्नुका साथै सामूहिक कार्यशैली, अनुशासन, सहकार्य र जिम्मेवारी वहन गर्ने क्षमताको विकास गर्ने अपेक्षा गरिएको छ । विद्यालयले आगामी दिनमा पनि यस्ता सिर्जनात्मक तथा व्यवहारिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
निर्वाचनपछि विजयी विद्यार्थीहरूले विद्यालय, शिक्षक तथा साथीहरूको विश्वासलाई सम्मान गर्दै जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । निर्वाचन प्रक्रियाले विद्यार्थीहरूमा उत्साह थप्नुका साथै विद्यालयमा लोकतान्त्रिक संस्कृतिको अभ्यासलाई अझ मजबुत बनाएको सहभागीहरूको भनाइ रहेको छ ।

प्रकाशित मिति : २०८३ बैशाख ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस