२०८२ मङ्सिर २ गते सोमवार

आन्दोलन नवपुुस्ताको, बर्चश्व षडयन्त्रकारी हो : महासचिव पोख्रेल

घोराही, १३ कार्तिक । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले वर्तमान सरकारलाई गैर सरकारी संस्थाको सरकारको संज्ञा दिएका छन् । महासविच पोख्रेलले जेन–जी आन्दोलनको नाममा भएको विध्वशंकारी घटनापछि बनेको सरकार जेन–जी पुुस्ता मागका आधारमा बनेको सरकार नभई ‘हामी नेपाली नामक’ गैर सरकारी संस्था लगायत विदेशी संस्थाहरुको आडमा बनेको बताएका छन् । प्रेस चौतारी नेपाल दाङ शाखाले बिहिवार घोराहीमा आयोजना पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोख्रेलले वर्तमान नवयुुस्ताको भावनामा षडयन्त्रकारीहरुको घुसपैठमा मुलुक ध्वस्त पार्ने कामदेखि विद्यार्थी बालबालिकाहरुको हत्यासम्म घटना नवपुुस्ताको आन्दोलनमा षडयन्त्रकारीको घुसपैठका कारण भएको टिप्पणी गरे । उनले भने–‘ नवयुुवाहरुको आन्दोलन शान्तिपूर्ण नै थियो । सुचना प्रविधि सहितको नयाँ आन्दोलनको अभ्यास नवयुुस्ता गरेका थियो । तर मुलुकको अस्मिता नै मेट्ने गरी गर्ने आन्दोलन नवयुुवाहरुको थिएन । जसमा मुलुकका प्रमुख प्रशासनिक केन्द्र देखि शितलनिवासी जलाउनेसम्मको काम यो नेपाली नागरिकले गर्न सक्दैन । ’ जसका कारण यो जेन– जी आन्दोलनका नाममा भएको जुन घटना त्यो विदेशी षडयन्त्रकारीहरुको नै रहेको पोख्रेललको आरोप छ ।
नवयुवाहरुको भावनालाई समेटे झै गर्दै कार्यपालिका र न्यायपालिको ध्वस्त पार्दैै मुलुकको हरेक कामकाजका प्रणालीलाई अवरुद्ध पार्दै न्यायपाकिला र कार्यपालिकालाई नै बेहाल अवस्था पुु¥याउदै साम्राज्यवादी आन्दोलनको रुपमा नवयुुस्ताहरुको केही मागप्रति राष्ट्रहित विपरितको काम नेपालीमूलका नागरिक नभई विदेशीमूलका नागरिकले यो काम गरेको उनले बताए । उनले भने–‘ हामी नेपाली, तिब्बतियन ओर्जिनल ब्लड लगायत थुप्रै यस्ता खेतीपाती नेपालीमा संमवेदना र भावनाको खेतीमा राष्ट्रको अस्तित्व धरापमा पारेका छन् । ’
महासचिव पोख्रेलले वर्तमान सरकारले मुलुक ध्वस्त पार्ने षडयन्त्रकारी देशद्रोहीलाई कार्वाही गर्नुुको साटो उल्टै कानुुनी रुपमा सुरक्षित बनाउन खोजेको आरोप लगाएका छन् । उनले भदौ २३ र २४ गतेको आन्दोलनमा मुलुकको न्याय र कार्यपालिका ध्वस्त पार्न उद्दत षडयन्त्रकारी कार्वाही नगरी उन्मुक्ति दिदै आईरहेको उनको भनाई छ । उनले भने–‘सरकारको निर्देशनमा उनलाई पक्राउ गरिएको छैन । त्यही प्रहरी जसले केही हजारभिडलाई नियन्त्रण नलिई शितल निवास, सिंहदरवार नै ध्वस्त पारे । ’
पोख्रेलले यो सरकारले आगमी फागुन २१ गते गर्ने भएको निर्वाचनको कुुनै ठेगाना नभएको बताएका छन् । वर्तमान सरकारले असंवैैधानिक सरकारले रहेकाले यो सरकारले नै निर्वाचन गराउने भन्ने कुनै तथ्य भेटिदैन । संसद विघटनदेखि सरकार निर्माणसम्मको काम सरकार आफै संविधान विपरित रहेकाले संसद पुनःस्थापनाका लागि सर्वाेच्च रिट माथिको फैसला पछि मात्रै मुलुकमा निर्वाचन हुने नहुने भन्ने विषय निकास पाउने उनको भनाई छ । उनले भने – ‘ यो सरकार निर्वाचन गराउन सक्छ भन्न सकिदैन । ’ प्रेस चौतारी दाङकी अध्यक्ष सुधासुमन ढकालको अध्यक्षमा पत्रकार सम्मेलन सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २०८२ कार्तिक १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस