२०८३ बैशाख ५ गते शनिवार

सरस्वती मा.वि का सेवा निबृत दुई जना शिक्षकको बिदाई

दाङ, असोज ५ ।

दाङको घोराही उपमहानगरपालिका वडा नं १५ काठेकोलमा रहेको सरस्वती माध्यमिक विद्यालयले आज आइतवार एक कार्यक्रमको आयोजना गरी सेवा निबृत्त दुई जना शिक्षकलाई बिदाई गरेको छ ।
सेवा निबृत्त शिक्षकद्धय दिपककुमार श्रेष्ठ र सावित्री श्रेष्ठलाई विद्यालयले एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको हो । दुवै शिक्षकलाई फूल माला, दोसल्ला ओढाउनुका साथै मायाको चिनो प्रदान गरी बिदाई गरिएको थियो । उहाँहरुलाई विद्यालयका तर्फबाट विद्यालयका निमित्त प्रधानाध्यापक प्रकाश डाँगीले माला, दोसल्ला र मायाको चिनो प्रदान गर्नु भएको थियो ।
निमित्त प्रधानाध्यापक डाँगीको सभापतित्वमा भएको कार्यक्रममा बिदाई भएर जान लाग्नु भएका विद्यालयका शिक्षकहरु दिपककुमार श्रेष्ठ र सावित्री श्रेष्ठले बिदाई मन्तब्य ब्यक्त गर्नु भएको थियो । तीन दशक भन्दा बढी सेवा गर्नु भएका दुवै शिक्षकले बिदाई कार्यक्रममा बोल्दै आफूहरुले यस विद्यालयबाट धेरै कुरा सिकेको भन्दै विद्यालयलाई बिर्सन नसक्ने बताउनुभयो । विदाई कार्यक्रममा विद्यालयमा कार्यरत शिक्षक,कर्मचारी र विद्यार्थीहरुले फूल माला लगाएर दुवै जना शिक्षकलाई बिदाई गरेका थिए ।
यसैबिच विद्यालयले आजै विद्यालयमा दशै, तिहार र छठ पर्वको अवसरमा सांस्कृति एंव शुभकामना आदानप्रदान कार्यक्रम पनि गरेको छ । सो अवसरमा विद्यार्थीहरुले गित, नृत्य, कविता प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक राजेश केसीले गर्नु भएको थियो ।
सरस्वती माध्यमिक विद्यालयमा काठेकोलमा नर्सरीदेखि १० कक्षासम्म नेपाली र अग्रेजी माध्यमका दुवै कक्षा सञ्चालमा छन । कक्षा ११ र १२ मा ब्यवस्थापन र शिक्षा संकाय सञ्चालनमा छन भने प्राविधिक धारतर्फ विद्यालयमा अहिले तीन वर्ष डिप्लोमा तह सूचना प्रबिधि र २४ महिने निशुल्क आई टि र बाल बिकास सहजकर्ता कार्यक्रम संचालनमा रहेको छ ।

प्रकाशित मिति : २०८२ असोज ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस