२०८३ बैशाख ५ गते शनिवार

लगातार पहिरो खसेपछि नारायणघाट–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन ।
लगातार ढुंगासहितको पहिरो खसेपछि नारायणघाट–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तुईन खोलामा शुक्रबार अपरान्ह ४ बजेदेखि ढुंगासहितको पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहले जानकारी दिनुभयो ।

निरन्तर ढुंगा खसिरहेकाले ढुंगा हटाउन समस्या भइरहेको उहाँको भनाई छ । उहाँका अनुसार एउटा गाडीमा ढुंगा खस्दा सामान्य क्षति समेत भएको छ ।

अहिले यस सडक खण्डमा सयौं सवारी साधनहरु रोकिएका छन् ।

प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस