२०८३ बैशाख ५ गते शनिवार

प्रधानमन्त्रीसमक्ष आन्दोलनका घाइतेले भने( हाम्रो योगदान खेर नजाओस्

काठ्माण्डौ
प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा घाइते भई मीनभवनस्थित निजामती अस्पतालमा उपचाररत युवालाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ। प्रधानमन्त्री कार्कीले आज अपराह्न उक्त अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन गएको बेला अस्पतालले घाइतेहरुको बारेमा जानकारी दिएको हो।

‘प्रधानमन्त्रीले घाइतेको स्वास्थ्य स्थितिबारे जानकारी लिनुभयो। त्यस क्रममा उहाँहरूले आफ्नो स्वास्थ्यबारे प्रधानमन्त्रीलाई जानकारी गराउँदै आफूले देशका लागि दिएको बलिदान खेर नजाओस्, प्रधानमन्त्रीले देशलाई निकास दिनुपर्छ। पुनःअर्को पुस्ताले आन्दोलन गर्नु नपरोस् भन्नुभयो,’घाइतेला उद्धृत गर्दै अस्पतालले बताएको छ । प्रधानमन्त्री कार्कीले मुलुकको अवस्था परिवर्तन गर्न हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

अस्पतालका अनुसार गत सोमबार यता चार सय ५७ घाइते अस्पताल पुगेकामा ४४ जनालाई अन्यत्र ‘रिफर’ गरिएको थियो। तीन सय ६४ जना उपचारपछि घर फर्किसकेका छन्। अस्पताल भर्ना भएका ४९ मध्ये ११ जना हाल उपचाररत छन्। गम्भीर घाइते एक जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ भने ४५ जनाको शल्यक्रिया तथा सात जनाको पुनः शल्यक्रिया गरिएको छ। निजामती अस्पतालमा उपचारका क्रममा छ जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति : २०८२ भाद्र २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस