दाङ,२० मंसिर । घोराही उपमहानगरपालिका–७ स्थीत श्री माध्यामिक विद्यालय सौडियारमा हुन लागि महायज्ञको तयारी पुरा भएको छ । आज विद्यालय परीसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले तयारी पुरा भएको जानकारी दिएको हो । विद्यालयको भौतिक सुधारका लागि यहि मंरि २१ गतेदेखि २८ गतेसम्म सञ्चालन हुन थालेको श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञ–२०८१ लागि तयारी पुरा भएको विद्यालयका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष एवं महायज्ञ मुल आयोजक समितिका संयोजक निशानदाजु भट्राईले जानकारी दिनुभयो । त्यसैगरी श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञलाई व्यापक र भव्य बनाउने गरि विशिष्ट व्यक्तिहरुलाई पत्राचार गर्ने काम भइरहेको विद्यालय पनि व्यवस्थापन समितिका अध्यक्ष एवं महायज्ञ मुल आयोजक समितिका संयोजक भट्टराईले जानकारी दिनुभएको छ । अध्यक्ष भट्टराईका अनुसार महायज्ञलाई व्यापक बनाउनका लागि गठन भएका बिभिन्न २८ उपसमितिहरु पनि काम पुरा भएको बताइएको छ । २०३० सालमा स्थापना भएको विद्यालयमा अहिले शिशु कक्षादेखि १२ सम्म पढाइ हुँदै आएको छ ।
यमहायज्ञबाट संकलन भएको पैसाले विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारका लागि खर्च गरिने विद्यालयले जनाएको छ । श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञको कथाबाचकमा पंण्डित कोमल उपाध्याय रहनुभएको छ । यस प्रकारको पुण्य कार्यबाट विद्यालयको बृहत्तर बिकासको लागि आर्थिक संक्लनको साथसाथै यस क्षेत्रमा सामाजिक सांस्कृतिक जस्ता रीतिरीवाजको संरक्षणमा समेत टेवा पुग्ने आयोजकले बताएको छ । यस्तै दाता पहिचान संयोजक भुप बहादुर डाँगिले यस पुण्य कार्यको लागि उपस्थित भएर महायज्ञ सफल बनाउनुपर्ने बताउनुभएको छ । साथै उँहाले कार्य ब्यस्तताका कारण भौतिक रुपमा सफल हुन नसक्ने दाताहरुको लागि मुल आयोजक समितिको बैंक खाताबाट पनि महायज्ञमा दान गर्ने ब्यबस्था मिलाइएको बताउनुभयो । महायज्ञ उद्धटन हुनु अगावै घोराही ७ बेसाहि निवासि भुप बहादुर शाहले खाद्यान्न सामानहरु दान गर्नुभएको छ । उँहाले १ कट्टा चामल , १ लम्बरी आलु , ५ किलो नुन , साग र ५ लिटर खाने तेल महायज्ञलाई सहयोग गर्नुभएको हो ।

महायज्ञको उद्धाटन लुम्बिनि प्रदेशका सिचाई मन्त्रि चौधरीले गर्ने
माबि सौडियारमा बिद्यालयको बृहत्तर बिकास तथा भौतिक सुधारको लागि आयोजना हुन लागेको महायज्ञको उद्घाटन लुम्बिनि प्रदेशका उर्जा जलश्रोत तथा सिसाई मन्त्रि सिता चौधरीले गर्नुहुने भएको छ । मन्त्रि चौधरीले भोलि दिउसो १ बजे उद्घाटन गर्ने तयारी रहेको आयोजकले जनाएको छ । ११ बजे देखि विद्यालयबाट ¥याली सुरु हुने र बेसाहि परीक्रमा सहित १ बजे पुनः यज्ञ स्थालमा पुगि औपचारीक कार्यक्रमको उद्धटन गरीने भएको हो । उद्घाटन समारोहमा उपस्थितिको लागि आयोजकले सम्पुर्णमा अपिल समेत गरेको छ ।










