सिमकोट – यसपालीको दसैँका लागि चीनबाट च्यांग्रा नआउँदा हुम्लामा खसीबोकाको मूल्य आकाशिएको छ। सिमकोट गाउँपालिका– २ का लक्ष्मण भण्डारीले यसपाली दसैँमा खसीको मूल्य महँगो पर्ने बताउनुभयो। दसैँका लागि सिमकोट ल्याइएका खसीको मूल्य ३६ हजार रुपैयाँसम्म परेको बताउँदै उँहाले यसअघि यति महँगो मूल्य कहिल्यै नतिरेको बताउनुभयो। चीनबाट च्यांग्रा नआएको र बजारमा ज्यूँदो खसीको मूल्य निर्धारण नभएकोले उपभोक्ताले महँगो मूल्य तिर्नुपरेको अर्का स्थानीय नरबहादुर रावतको भनाइ छ।
प्रकाशित मिति : २०८१ असोज २२ गते मङ्गलवार










