दैनिक रुपमा विरामि बढदै , जटलि भन्दा जटिल समस्याको पनि उपचार हुने अस्पतालको भनाई ।
घोराही १४ फाल्गुन
घोराहीस्थित Sanjivani Teaching Hospital मा दुरविन प्रविधिबाट पित्तथैलीको सफल शल्यक्रिया (Laparoscopic Cholecystectomy) सम्पन्न भएको छ । आधुनिक प्रविधि प्रयोग गरी गरिएको उक्त शल्यक्रिया विशेषज्ञ चिकित्सक टोलीले सफलतापूर्वक सम्पन्न गरेको हो । शल्यक्रिया टोलीमा वरिष्ठ सर्जन डा. रबिन आचार्य र डा. हेमन्त खड्का रहनुभएको थियो । एनेस्थेसिया सेवातर्फ डा. शिशिर खड्का र डा. बिन्दु बिष्टले जिम्मेवारी सम्हाल्नुभएको थियो ।
त्यसैगरी मेट्रोन सिर्जना ढकाल तथा सम्पूर्ण नर्सिङ तथा प्राविधिक टोलीको सक्रिय समन्वय र सहयोगले शल्यक्रिया सफल भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत दिपक रोकाले जानकारी दिनुभयो । दुरविन प्रविधिबाट गरिने पित्तथैलीको अप्रेशनलाई सुरक्षित र कम जोखिमयुक्त मानिन्छ । यस प्रविधिमा सानो चीरा लगाई क्यामेराको सहायताले शल्यक्रिया गरिने भएकाले बिरामीले कम पीडा महसुस गर्ने, रगत कम बग्ने तथा छिटो निको हुने लाभ मिल्ने चिकित्सकहरूले बताएका छन् ।
अस्पताल प्रशासनका अनुसार पछिल्लो समय आधुनिक उपकरण र दक्ष जनशक्तिको व्यवस्थापनसँगै यस्ता जटिल शल्यक्रियाहरू नियमित रूपमा सञ्चालन भइरहेका छन् । यसले दाङसहित आसपासका जिल्लाका बिरामीलाई बाहिर जानुपर्ने बाध्यता घटाएको विश्वास लिइएको छ । सफल शल्यक्रियापछि बिरामी तथा आफन्तजनले चिकित्सक टोलीप्रति आभार व्यक्त गर्दै अस्पतालप्रति विश्वास अझ मजबुत भएको बताएका छन्। अस्पतालले आगामी दिनमा पनि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
यस्तै सञ्जीवनी टिचिङ हस्पिटलले जनरल फिजिसियन सेवा, हाडजोर्नी तथा नसा रोग, स्त्री तथा प्रसूति रोग, जनरल सर्जरी, मानसिक तथा नसा रोग, छाला तथा यौन रोग, शिशु तथा बालरोग, मुटु रोग, ग्यास्ट्रोलोजी, नाक–कान–घाँटी, डेन्टल, नेत्र रोग तथा फिजियोथेरापी सेवा उपलब्ध गराउने जनाएको छ । अस्पतालमा मोडुलर ओ.टी. सहित क्याबिन (जनरल÷डिलक्स) तथा जनरल बेडको भर्ना सेवा रहेको छ भने क्याथ ल्याब, PFT, EMG, EEG, ब्लड बैंक र एम्बुलेन्स सेवा पनि सञ्चालनमा छन् । क्रिटिकल केयर अन्तर्गत ICU, MICU, CCU, SICU, NICU, PICU, HDU तथा हेमोडायलाइसिस सेवा उपलब्ध रहेको छ । त्यसैगरी रेडियोलोजी सेवामा डिजिटल एक्स–रे, म्यामोग्राफी, अल्ट्रासाउन्ड (भिडियो एक्सरे), ECG, इकोकार्डियोग्राम, CT स्क्यान,MRI, इन्टरभेन्सनल इन्डोस्कोपी र कोलोनोस्कोपी सेवा प्रदान गरिनेछ । अस्पतालले २४ सै घण्टा इमरजेन्सी, फार्मेसी र प्रयोगशाला सेवा समेत उपलब्ध गराउने जनाएको छ ।










