घोराही २७ माघ
दाङको घोराही उप–महानगरपालिका–३, भानपुर बरगदुवामा अवस्थित संजीवनी टिचिङ हस्पिटल माघ २८ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ । ‘ग्राण्ड ओपनिङ’ समारोहसहित अस्पतालले सेवा शुभारम्भ गर्न लागेको हो । ४ अर्व लगानिमा बनेको अस्पताल नेपाल सरकारको स्वास्थ्य तथा जनसंङ्या मन्त्रालयको औपचारीक अनुमति पश्चात यहि माघ २८ गतेबाट संचालनमा आउन लागेको हो । अस्पताल सञ्चालनको अवसरमा प्रारम्भिक चरणमा ओपिडी सेवा निःशुल्क उपलब्ध गराइने जानकारी दिइएको छ । आधुनिक पूर्वाधार, दक्ष चिकित्सक तथा प्रविधियुक्त सेवासहित सञ्चालनमा आउन लागेको अस्पतालले दाङसहित आसपासका जिल्लाका नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ ।
अस्पतालमा ओपिडी सेवा अन्तर्गत जनरल फिजिसियन, हाडजोर्नी तथा नसारोग, स्त्री तथा प्रसूति रोग, जनरल सर्जरी, मानसिक तथा नसारोग, छाला तथा यौन रोग, शिशु तथा बालरोग, मुटुरोग, ग्यास्ट्रोलोजी, नाक–कान–घाँटी रोग, डेन्टल तथा नेत्र रोगसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध हुनेछन् । साथै फिजियोथेरापी सेवा पनि प्रदान गरिनेछ । सर्जरी सेवा अन्तर्गत मोडुलर ओटी सञ्चालनमा रहने छ भने भर्ना (इनपेसियन्ट) सेवा अन्तर्गत क्याबिन, जनरल वार्ड तथा जनरल बेडको सुविधा रहेको छ । अस्पतालमा अत्याधुनिक क्रिटिकल केयर सेवा समेत उपलब्ध हुनेछ। जसअन्तर्गत आईसीयू ( ICU), एमआईसीयू (MICU), सीसीयू (CCU), एसआईसीयू ( SICU ), एनआईसीयू ( NICU ), पीआईसीयू ( PICU ), एचडीयू ( HDU) तथा हेमोडायलाइसिस सेवा सञ्चालनमा रहने छ ।
यसैगरी रेडियोलोजी सेवा अन्तर्गत डिजिटल एक्स–रे, म्यामोग्राफी, अल्ट्रासाउन्ड, ईसीजी, इकोकार्डियोग्राम, सिटी स्क्यान, एमआरआई, इन्टरभेन्सनल इन्डोस्कोपी तथा कोलोनोस्कोपी सेवा उपलब्ध गराइनेछ । अन्य सेवा तर्फ क्याथ ल्याब, पल्मोनरी फङ्सन टेस्ट ( PFT ), ईएमजी, ईईजी, ब्लड बैंक तथा एम्बुलेन्स सेवा पनि सञ्चालनमा रहने जानकारी दिइएको छ । अस्पतालले २४ घण्टा इमर्जेन्सी, फार्मेसी र प्रयोगशाला सेवा प्रदान गर्ने जनाएको छ । संजीवनी टिचिङ हस्पिटलले दाङमा उच्चस्तरीय शिक्षण अस्पतालको रूपमा स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । अस्पतालको सम्पर्क नम्बरहरू ०८२–५२७१०१, ५२७१०२, ५२७१०३, ५२७१०४ र ५२७१०५ रहेका छन् भने हटलाइन नम्बर ९७०९०६५२५५ रहेको छ । थप जानकारीका लागि www.siasth.com.np तथा info@siasth.com.np मा सम्पर्क गर्न सकिने अस्पतालले जनाएको छ ।










