दाङ । घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ को एघारौँ दिन आज चर्चित कलाकारहरूको आकर्षक सांगीतिक प्रस्तुतिसँगै पूर्ण रूपमा सङ्गीतमय बन्ने भएको छ ।
सांस्कृतिक संयोजक गोपाल बुढा मगरका अनुसार आजको कार्यक्रममा चर्चित गायिका शान्ता रानी परियार सहित दुर्गा नेपाल, शङ्कर सुनार, दीपा बुढा, रेश्मा पुन र बबिता धितालले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् ।
त्यसैगरी हास्य कलाकार माइला बाले हास्यव्यङ्ग्य प्रस्तुत गर्ने कार्यक्रम रहेको छ भने सोनी डान्स ग्रुपले नृत्य प्रस्तुति दिनेछ।
मेलामा दैनिकजसो स्थानीय कला, संस्कृति र पहिचान झल्कने कार्यक्रमहरू प्रस्तुत हुँदै आएका छन् । आजको सांगीतिक साँझले मेलामा थप रौनक ल्याउने आयोजकको विश्वास रहेको छ। घोराहीसहित आसपासका क्षेत्रका दर्शकको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।










