काठमाडौं।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले समानुपातिक तर्फको उम्मेदवार सूचीमा मुस्लिम महिला कोटाबाट साजिदा सिद्धिकिको नाम पहिलो नम्बरमा राखी निर्वाचन आयोगमा सिफारिस गरेको छ।पार्टीको केन्द्रीय निर्णयअनुसार समावेशी प्रतिनिधित्वलाई प्राथमिकतामा राख्दै समानुपातिक सूची तयार पारिएको एमालेले जनाएको छ। संविधानले सुनिश्चित गरेको समानुपातिक तथा समावेशी सिद्धान्तअनुसार मुस्लिम महिला समुदायबाट साजिदा सिद्धिकिलाई शीर्ष प्राथमिकतामा राखी सिफारिस गरिएको हो।
एमाले स्रोतका अनुसार समानुपातिक सूची पार्टीभित्र व्यापक छलफल र सन्तुलनका आधारमा तयार गरिएको हो। महिला, अल्पसंख्यक तथा पिछडिएका समुदायको राजनीतिक सहभागिता सुदृढ गर्ने उद्देश्यसहित मुस्लिम महिला तर्फबाट पहिलो नम्बरमा साजिदा सिद्धिकिको नाम अघि सारिएको बताइएको छ।
निर्वाचन आयोगमा सिफारिस गरिएको सूची आयोगको कानुनी प्रक्रिया पूरा भएपछि अन्तिम रूपमा सार्वजनिक हुनेछ। त्यसपछि समानुपातिक प्रणालीमार्फत प्रतिनिधि चयन हुने प्रक्रिया अगाडि बढ्नेछ।
राजनीतिक विश्लेषकहरूका अनुसार प्रमुख राजनीतिक दलले मुस्लिम महिला प्रतिनिधित्वलाई उच्च प्राथमिकता दिनु सकारात्मक कदम हो। यसले मुस्लिम समुदायभित्र महिला नेतृत्वको भूमिका थप मजबुत बनाउने अपेक्षा गरिएको छ।नेकपा एमालेले महिला, दलित, आदिवासी जनजाति, मधेसी तथा अल्पसंख्यक समुदायको प्रतिनिधित्वलाई सधैं प्राथमिकतामा राख्दै आएको दाबी गर्दै आएको छ। साजिदा सिद्धिकिको नाम पहिलो नम्बरमा सिफारिस हुनु सोही नीतिको निरन्तरताका रूपमा हेरिएको छ।
साजिदा सिद्धिकि नेकपा एमालेकी सक्रिय नेतृ तथा सामाजिक अभियन्ता हुनुअन्छ। उँहा लामो समयदेखि मुस्लिम समुदायको अधिकार, महिला सशक्तीकरण, शिक्षा तथा सामाजिक न्यायका विषयमा क्रियाशील रहँदै आउनुभएको छ। पार्टी संगठनभित्र समावेशी प्रतिनिधित्व, अल्पसंख्यक समुदायको आवाज र महिलाको राजनीतिक सहभागिता मजबुत बनाउन उँहाले भूमिका निर्वाह गर्दै । २० बर्ष देखि सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएकी नेतृ सिद्धिकिको लोप्रियता बढ्दै गएको छ ।











