२०८२ फाल्गुन ३० गते शनिवार

फागुनमा हुने चुनाव सफल बनाउन सबै पक्षलाई राष्ट्रपतिको आग्रह

काठ्माण्डौ
राष्ट्रपति रामचन्द्र पौडेलले देशको हालको असहज र विषम परिस्थितिबाट शान्तिपूर्ण निकास निस्किएको भन्दै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाउन सबै पक्षलाई सहयोग गर्न अपिल गर्नुभएको छ। शनिबार वक्तव्य जारी गर्दै उँहाले संविधान, संसदीय प्रणाली र संघीय लोकतान्त्रिक गणतन्त्र सुरक्षित भएको उल्लेख गर्दै आगामी निर्वाचनमार्फत जनताले अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्ने अवसर पाएको बताउनुभएको छ ।

‘बडो जुक्तिपूर्ण ढंगले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफै संयमित रहँदै चुनाव सम्पन्न गराउन सहयोग गर्न सबैलाई हार्दिक अपिल गर्दछु,’ वक्तव्यमा भनिएको छ। राष्ट्रपतिले ६ महिनाभित्र हुने प्रतिनिधि सभा निर्वाचनलाई लोकतन्त्रलाई थप सबल बनाउने अवसरका रूपमा लिनुपर्नेमा जोड दिनुभएको छ ।

प्रकाशित मिति : २०८२ भाद्र २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस