दाङ । मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुलमा पिस क्लब गठन भएको छ । आज शुक्रबार गठन भएको क्लबको अध्यक्षमा पंकज ओली चयन भएका छन् । ओलीको नेतृत्वमा २९ सदस्यीय क्लब गठन गरिएको हो ।
क्लबको वरिष्ठ उपाध्यक्षमा एलिना वली, उपाध्यक्षमा सुरञ्जा सुनार, महासचिवमा अपेक्षा अधिकारी, सचिवमा ललित वली, कोषाध्यक्षमा युवराज भण्डारी र सहकोषाध्यक्षमा प्रिन्स केसी चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा अस्मिता नेपाली, सविता चौधरी, दिया आचार्य, एसदिप जिएम, श्रीजन चौधरी, अंकित नेपाली, भिमकुमारी खत्री, सुमन डाँगी, समीक्षा पाण्डे, सृष्टी पुन मगर, पुष्पा रावत, विजय नाथ, भूमिका कुसुम्या, गृष्मा के.सी., निश्चल गौतम, विजेश वली, विपुल यादव, रेश्मा बुढा मगर, निर्जला बुढा मगर, सोनल घर्ती, पवन खत्री र संस्कार बुड थापा रहेका छन् ।
क्बलका पदाधिकारी तथा सदस्यहरूलाई प्रिन्सिपल चक्रबहादुर रावतले सपथ ग्रहण गराउनुका साथै शुभकामना दिएका थिए ।
विद्यार्थीहरूलाई विभिन्न सामाजिक गतिविधिमा सहभागी गराउने उद्देश्यका साथ बिगतदेखि नै पिस क्लब गठन गरिदै आएको छ ।










