दाङ ।
नेकपा एमालेकोतर्फबाट दाङ क्षेत्र नम्बर २ क बाट चुनाबि प्रतिष्पर्धा गरेका बलिभद्र राना मगरले दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको ४ सय बेडको नयाँ भबनको लागि आबश्यक बजेट बिनियोजन भइ सकेको जानकारी दिएका छन । उनले अघिल्लो बर्ष नै निती तथा कार्यक्रममा परिसकेकाले अहिले यसपालि बजेट बिनियोजन भई प्रकृयामा जाने दाबी समेत गरे ।
चुनाबमा आफु झिनो मतले हारे पनि दाङलाई बिकास निर्माणको सवालमा अघि बढाउन आफ्नो तर्फबाट पहलकदमि जारी राखेको पनि बताए । एमाले निकट उद्याेग परिषदका केन्द्रिय अध्यक्ष र पार्टीको प्रदेश कमिटि सदस्य समेत रहेका रानाले अनलाईन संगको कुराकानिमा भने -`राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४०० वेड अस्पताल भवनको भौतिक पूर्वाधार निर्माणका लागि टेण्डर प्रक्रिया तथा निमार्ण कार्य समेत आव ०८२/०८३ वाट अगाडी बढ्ने गरी आवस्यक वजेट यस पाली समावेश भएको छ ।
साथै घोराही तुल्सीपुर चारलेन सडक यसै जेठ महिना भित्र टेण्डर प्रकृया सकिने र घोराही लमही सडकको बबै पुल सम्मको सडकमा समेत बजेट विनियोजन भएको छ ।´ राना राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सिनेट सदस्य पनि हुन ।










