२०८२ फाल्गुन ३० गते शनिवार

कर वृद्धि सच्याउन भोलि कांग्रेस घोराहीले मेयरलाई संकलित हस्ताक्षरसहितको ब्यानर बुझाउने

दाङ ।

घोराही उप महानगरले गरेको कर वृद्धिको बिरोधमा उपमहानगरका सबैजसो वडाहरुबाट संकलन गरेको राय सुझाबसहितको हस्ताक्षर अभियानको ब्यानर कांग्रेस घोराही उपमहानगर समितिले सोमबार बुझाउने भएको छ । कांग्रेसका नगर सभापति तिलक रावतले उपमहानगरले बढाएको कर सच्याउन दबाब दिने उदेश्यले घोराहीका १९ वटै वडाबाट हस्ताक्षर संकलन गरिएको बताउनुभयो ।

केहि समय पहिले करको बिरोधमा जनस्तरबाट दबाब दिन घोराहीका १९ वटामा ब्यानरसहित हस्ताक्षर अभियान कांग्रेस घोराहीले संकलन गरेको थियो । सोमबार दिउँसो १ बजे घोराहीका मेयरलाइ कर वृद्धिको बिरोधमा संकलन गरिएको हस्ताक्षरसहितको ब्यानर बुझाइने रावतले बताउनुभयो ।

नगरले निति तथा कार्यक्रम र बजेटको तयारी चलिरहेको बेला आउने आर्थिक बर्षमा करको दर रेट सच्याउने गरि दवाबस्वरुप भोलि नै संकलित हस्ताक्षर बुझाउने कार्यक्रम रहेको र उपस्थितिका लागि कांग्रेस नेता, कार्यकर्ता सबैमा आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस