२०८२ मङ्सिर १८ गते बुधवार

दाङमा शून्य बेरूजुको एकमात्र संस्था राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

दाङ ४ जेष्ठ ।
दाङमा शून्य बेरूजुको एकमात्र संस्था राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ । आर्थिक बर्ष २०८०र ०८१ मा प्रतिष्ठानको शुन्य बेरुजु रहेको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिस्ट्रार प्रा। श्याम लम्सालले जानकारी दिनु भयो । महालेखा परिक्षकले सेवा प्रबाहदेखि आर्थिक हिसाब किताबको अडिटमा प्रतिष्ठानको शुन्य बेरुजु देखीएको हो ।

प्रतिष्ठानको विगत वर्षहरूमा वार्षिक करोडौ बेरुजू हुने गरेकोमा गत आव०८०र८१ मा मा सून्य वेरूजु भएको हो । प्रतिष्ठानको आर्थिक कारोबार दोब्बर बढेतापनी बेरूजु सून्य हुनुले सुसाशनको अनुभुती दिएको रजिस्ट्रार लम्सालको दाबि गर्नु भयो । प्रतिष्ठानले आर्थिक ऐन नियमको अधिनमा रहेर सबै प्रकृया पुर्याइ आर्थिक कारोबार गर्ने भएकोले यो उपलब्धी हासिल गरेको रजिष्ट्रार लम्सालले बताउनु भयो ।

गत आर्थिक बर्ष प्रतिष्ठानले ६६ करोड बढि आम्दानि गरेकोमा ५६ करोड खर्च भएको थियो । प्रतिष्ठानले गत बर्षसम्म नर्सिङ तर्फ ३० जना, बिएस्सिमा ४० जना बिद्यार्थीले पठनपाठन गराई रहेको छ । त्यस्तै एमबिबिएसमा ५० जना बिद्यार्थीलाई प्रतिष्ठानले पढाइ रहेको छ । यसैगरेर प्रतिष्ठानले एमडिर एमएसर एम। एस्सि नर्सिङ गरेर विभिन्न ८ वटा बिषयमा १५ वटा सिट प्राप्त गरेको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस