
दाङ,१७ बैशाख ।
दाङको घोराही उप महानगरपालिका वडा नम्बर ५ स्थित पाणडवेश्वर महादेव मन्दिरको जिर्णोद्वार गरिने भएको छ । सनातन धर्म हाम्रो सान,मन्दिर जिर्णोद्वार हाम्रो अभियान भन्ने नारा सहित मन्दिरको मूल मन्दिर कलात्मक,पुरातात्त्विक महत्त्व झल्कने गरि जिर्णोद्वार गर्न थालिएको मन्दिर व्यस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीले जानकारी दिनुभएको छ । शनिवार मन्दिरको गुरूकुल सभाहलमा सम्पन्न मन्दिर व्यवस्थापन समितिको १७ ओै बार्षिक साधारणसभामा उहाले सरकारी,गैरसरकारी तथा विभिन्न दाताहरूको सहयोगमा मन्दिरको जिर्णोद्वारसंगै मन्दिरको भौतिक विकास गरिने जानकारी दिनुभएको थियो । सो अवसरमा अध्यक्ष अधिकारीले घोराही धारपानी पर्यटन मार्गमा दुवै तर्फ नाला सहित स्तरउन्नति,कुईरेपानी देखि धारपानी सम्म पूर्वाधार निर्माण,धारपानीदेखि देउखुरी उचानिम्वु सम्म सडक निर्माण,सुनकोट मन्दिर अवलोकन तथा पुजनका लागि सडक मार्ग निर्माण,मन्दिर परिसरमा गुफा निर्माण,गुरूकुल निर्माण कार्य पूरा गर्दै गौशाला निर्माण,शिवसागरको विच भागमा जेष्ठ नागरिकमैत्री पार्क निर्माण र खुल्ला विश्रामस्थल निर्माण गर्ने योजना अगाडि सारेको बताउनुभयो ।
समितिका सहसचिव निम बहादुर चौधरीको स्वागत मन्तव्यबाट सुरू भएको साधारणसभामा समितिका सचिव विष्णुराम आचार्यले मन्दिरको प्रगिति विवरण प्रस्तुत गर्दै हाल सम्म मन्दिर परिसरमा विभिन्न सरकारी,गैरसरकारी सामाजिक धार्मिक संघसंस्था र दाताहरूको सहयोगमा विभिन्न भौतिक संरचना निर्माण भएको जानकारी दिदै आगामी दिनमा मन्दिरको विकासका लागि गर्न सकिने योजना प्रस्तुत गर्नुभएको थियो ।समितिले आगामी कार्ययोजनामा गुरूवागाउ धारपानी जोड्ने झोलुङ्गे पुल निर्माण गर्ने,बंबई नदिमा बोटिङ,जीवलाईन तथा स्काई साईकिलिङ सञ्चालन,धार्मिक बन विस्तार तथा मन्दिर परिसरमा मृगस्थल निर्माण,स्थानिय साधनश्रोतको प्रयोग गरि ध्यान कुटी निर्माण,सुनकोट मन्दिरमा ३१ सय केजिको घण्ट निर्माण,ववईबाट लिफ्टिङ गरि सुनको पानी पूर्याउने,सुनकोट सम्म पदमार्ग निर्माण,मिनि चिडियाखाना लगायतका योजना निर्माणका लागि लक्ष्य राखेको सचिव आचार्यले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख छ । साधारणसभामा कोषाध्यक्ष बोधिलाल शर्माले एक करोड ११ लाख १५ हजार एक सय उनासी रूपैयाको आयव्याय विवरण प्रस्तुत गर्नुभएको थियो । जसमा आम्दानी तर्फ दानपेटिकाबाट ४० लाख ७४ हजार ६ सय बीस रूपैया,रसिदबाट तीन लाख आठ हजार ५७,महाशिवरात्री मेलाबाट सात लाख ७९ हजार ७८,महायज्ञ वाकदानबाट १ लाख तीन हजार,चामल बिक्रीबाट ५६ हजार आठ सय बीस,चिल्लर सटहीबाट २८ हजार आठ सय,वरपिपल रोपणबाट ४९ हजार पाँच,पुरूषोत्तम महायज्ञबाट १० लाख ५६ हजार नौ सय पाँच,क्यामेरा रोयल्टिबाट ६५ हजार,टहरा भाडाबाट ६ लाख २६ हजार साठी,पार्किङ तथा पिकनिकबाट ६ लाख ७४ हजार पाच सय पाच,धर्मशालाबाट १४ हजार एक सय,पर्यटन कार्यालयबाट २८ लाख ४४ हजार नौ सय ७४,बैंक व्याजबाट १७ हजार नौ सय ९२ र अन्य शीर्कबाट ७ हजार आठ सय ५० रूपैया गरि १ करोड ६ लाख ९६ हजार सात सय ६६ रूपैया आम्दानी भएको कोषाध्यक्ष शर्माले जानकारी गराउनुभएको थियो ।
उहाका अनुसार खर्च विभिन्न शीर्षकमा एक करोड ११ लाख १५ हजार एक सय ७९ रूपैया भएको र चार लाख १८ हजार चार सय १३ रूपैया बढि खर्च भएको जानकारी दिनुभएको थियो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले नेपालमा पछिल्लो समयमा धार्मिक आस्था राखेर पूर्वाधार विकासले निकै फड्को मारेको भन्दै धारपानी मन्दिरको विकास पनि तिव्र रूपमा हुँदै गएको बताउनुभयो । उहाले धारपानीलाई जिल्लाभित्र तथा छिमेकी जिल्लाका अन्य धार्मिक स्थलसंग जोडेर पर्यटन सर्किटमा जोड्न सकेमा यसको विकासमा थप टेवा पुग्ने धारणा राख्नुभयो । सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन,सामुदायिक बन उपभोक्ता महासंघका निवर्तमान केन्द्रीय उपाध्यक्ष भीम प्रकाश खडका,सल्लाहकार श्रीधर शर्मा पौडेल,समाजसेवी ऋषिराज जंगली,समितिका सल्लाहकार सुन्दर गौतम,लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । साधारणसभाको बन्द सत्रले अध्यक्ष,सचिव र कोषाध्यक्षले प्रस्तुत गर्नुभएको प्रतिवेदन सुझाव सहित पारित गरेको छ । कार्यक्रमको सञ्चालन सचिव विष्णुराम आचार्यले गर्नुभएको थियो ।