२०८२ जेष्ठ ३ गते शुक्रवार

खेलकुद तथा सांस्कृतिक मेलामा विभिन्न प्रतियोगिता जारी: पुरुष भलिवलमा महेन्द्र बहुमुखि क्याम्पसकाे बिजयि सुरुवात

दाङ २ बैशाख

दाङ सोसाइटी क्लबको १६औं वार्षिक उत्सवको अवसरमा आयोजित प्रथम दाङ जिल्लास्तरीय खेलकुद तथा सांस्कृतिक मेला भव्य रूपमा सञ्चालनमा रहेको छ। “खेलकुद र संस्कृति दाङको पहिचान, स्वरोजगारको आधार” भन्ने मूल नाराका साथ सुरु गरिएको मेलामा विभिन्न खेलकुद प्रतियोगिता र सांस्कृतिक कार्यक्रमहरू जारी छन्। जस अन्तर्गत आज पुरुष भलिवल,पुरुषा कबड्डि ,महिला कबड्डि र बास्केटवल प्रतियाेगिताका खेलहरु भएका हुन । प्रतियोगिताका भलिबलतर्फ महेन्द्र बहुमुखी क्याम्पसले राप्ती बबई क्याम्पसलाई (३–०) काे साेझाे सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ।राप्ती बंबई क्याम्पसकाे खेलाडिले उत्कृष्ट प्रदशर्ण गर्दा गर्दै पराजित हुन पुगेकाे छ । यसैगरि पुरुष कबड्डीतर्फ एबीसी स्कुलले त्रिदेव स्कुललाई २७ काे बिरुद्द ४४ अंकसहित विजयी हुँदै अर्को चरणमा प्रवेश गरेकाे छ भने महिला कबड्डीमा बबई गाउँपालिकाले घामाण्ड समूहलाई २५–२० अंकले पराजित गर्दै दाेस्राे चरणमा प्रवेश गरेको छ।

यस्तै बास्केटबलमा १२ टोली सहभागी थिए। फाइनल खेलमा आरएफए सिनियरले आरएफए जुनियरलाई १९–१३ को स्कोरले पराजित गर्दै उपाधि जितेको छ।आयोजकका अनुसार खेलकुद कार्यक्रम भोलि बिहान ७ बजेदेखि पुनः सुरु हुनेछ भने सांस्कृतिक कार्यक्रम दिउँसो २ बजेदेखि सुरु हुनेछ।मेलाको सांस्कृतिक पक्ष पनि आकर्षणको केन्द्रबिन्दु बनेको छ। ३ गते गायिका शिलु भट्टराई, राधिका परिवार, र खड्का शर्मालगायत कलाकारहरूले सांगीतिक प्रस्तुति दिने सांस्कृतिक संयोजक राजेन्द्र दाहालले जानकारी दिएका छन्।

मेलामा जिल्लाका विभिन्न विद्यालय, युवा समूह, खेलाडी र स्थानीय समुदायको उल्लेख्य सहभागिता देखिएको छ। खेलकुद र संस्कृतिको माध्यमबाट दाङको पहिचान उजागर गर्ने उद्देश्यले सुरु गरिएको मेला वैशाख १३ गतेसम्म सञ्चालनमा रहनेछ।

प्रकाशित मिति : २०८२ बैशाख २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस