
दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले सेवा सुधारलाई मध्यनजर गर्दै घरबाट नै अनलाईन टिकट काट्ने र ल्याब रिपोर्ट पनि मोबाईल वा कम्प्युटरमै हेर्न सकिने ब्यवस्था मिलाएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले प्रतिष्ठानमा सेवा लिन आउने बिरामीहरुको संख्या अत्याधिक बढ्न थालेपछि आफुहरु सस्थागत सुधारमा लागि परेको बताउनु भयो । अनलाईन टिकट काट्ने र ल्याब रिपोर्ट पनि अनलाईनमै हेर्न सकिने ब्यवस्था मिलाएका कारण अब बिरामीले लाइन लाग्नुपर्ने धेरै कम हुने उहाँले बताउनु भयो ।
प्रकाशित मिति : २०८१ चैत्र ३० गते आइतवार