
चैत्र ३०, दाङ
नेपाल पत्रकार महासंघ दाङ शाखाले नया बर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदिको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोख्रेलले पत्रकारमाथि पछिल्लो समयमा थुप्रै चुनौती थपिएको भन्दै ति चुनौतिको सामना गर्दै सशक्त पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो । जिल्ला उपाध्यक्ष ओपेन्द्र वस्नेतको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा बोल्ने अन्य बक्ताहरूले दाङ जिल्लाको पत्रकारिता अन्य जिल्लाको तुलनामा मर्यादित भएपनि छिटफुट पत्रकारिताका नाममा हुने गलत क्रियाकलापले सवै पत्रकारले दोष खेप्नुे परेको बताएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघकाका केन्द्रीय सदस्य लिला शाह,पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव पाण्डवप्रसाद शर्मा, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अजयदिप शर्मा, महासंघ दाङ शाखाका सल्लाहकार दुर्गालाल केसी, सुदिप गौतम,पूर्व अध्यक्ष केवी मसाल, प्रेस काउन्सिल नेपालका पूर्व बोर्ड सदस्य शरद अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको महासंघका अर्का उपाध्यक्ष नारायणी रजौरेले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सञ्चालन पत्रकार महासंघ दाङमा सचिव जेएन सागरले गर्नुभएको थियो ।।