२०८२ जेष्ठ ३ गते शुक्रवार

गुरुकुल एकेडेमीका कक्षा १२ का विद्यार्थिहरुको बिदाई

घोराही २२ चैत्र
गुरुकुल एकेडेमीको कक्षा १२ का विद्यार्थीहरूको बिदाई समारोह हर्षोल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ। कक्षा ११ विद्यार्थिहरुको आयोजनाका कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम कक्षा ११ का छात्र आरोहण श्रेष्ठ सभाध्यक्षता भएको थियो भने प्रमुख अतिथिका रूपमा गुरुकुल एकेडेमीका अध्यक्ष ई. अनन्तराज घिमिरे रहनुभएको थियो । बिदाई समारोहको प्रारम्भ प्रमुख अतिथि ई अनन्तराज घिमिरेले उद्घाटन गर्दै कक्षा १२ का विद्यार्थीहरूको कडा मेहनत र लगनशीलताको प्रशंसा गर्नुभयो।
उँहाले भन्नुभयो, “तपाईंहरूले यहाँ बिताएको समय र तपाईहरूको मेहनतले तपाईलाई उज्जवल भविष्यको मार्गमा अघि बढ्न मद्दत गर्नेछ।” यस्तै
प्रमुख अतिथि ई. अनन्तराज घिमिरेले बिदाइ सन्देशमा विद्यार्थीहरूको भविष्यप्रति शुभकामना व्यक्त गर्दै भन्नुभयो, “आज तपाईंहरू विद्यालयको पाटो पूरा गरेर नयाँ यात्रामा गइरहनुभएको छ। तपाईंहरूको यात्रा र तपाईहरूको शिक्षाले समाजमा परिवर्तन ल्याओस्।”

कार्यक्रममा विभिन्न पुरस्कार र प्रमाणपत्र वितरण पनि गरिएको थियो। कक्षा १२ का विद्यार्थीहरूले विद्यालयमा बिताएको समय, साथीहरू र शिक्षिका÷शिक्षकहरूको समर्थनलाई सम्झदै भावुक शब्दमा आफ्ना अनुभव व्यक्त गरेका थिए । कार्यक्रममा गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक डा. कृष्णराज डिसि , सहायक प्रधानाध्यापक महेन्द्र पौडेल , प्लस टु संयोजक राजन अधिकारी , विद्यालय संयोजक भवन आचार्य , शिक्षक अरबिन्द अधिकारी र महाबिर घर्तिले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
समारोहको अन्त्यमा, विद्यार्थीहरूले एक आपसमा अँगालो हाल्दै विद्यालयबाट विदा लिए र भविष्यको लागि सकारात्मक सोच र समर्पणका साथ नयाँ यात्रा आरम्भ गर्न प्रेरित भएका थिए। यो कार्यक्रम विद्यार्थिहरूको लागि अविस्मरणीय सम्झना बनेको छ। कार्यक्रममा बिभिन्न सांगितिक कार्यक्रम पनि गरीएको थियो । कक्षा ११ कि छात्रा प्राप्ति अधिकारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण विद्यार्थि बिबिध र शिखाले गरेका थिए ।

प्रकाशित मिति : २०८१ चैत्र २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस