२०८३ असार ४ गते बिहिवार

घोराहीमा खुल्ला क्यारमबोर्ड प्रतियोगिता हुँदै, प्रथम पुरस्कार ३० हजार

दाङ २२ चैत्र
दाङको घोराहीमा खेलकुद क्षेत्रको विकास र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रथम दाङ जिल्लास्तरीय खेलकुद तथा साँस्कृतिक मेला–२०८१ आयोजना हुने भएको छ। खेलकुद र संस्कृति दाङको पहिचान, स्वरोजगारको आधार’ भन्ने नाराका साथ दाङ सोसाइटी क्लबको १६ औं वार्षिकोत्सवको अवसरमा चैत २८ गतेदेखि १० गतेसम्म घोराही नगरपालिका–१४ झिगौंरामा उक्त मेला आयोजना गरिने छ।

यस खेलकुद तथा साँस्कृतिक मेलामा खुल्ला एकलरजोडी क्यारमबोर्ड प्रतियोगिता पनि आयोजना हुने भएको छ। क्यारमबोर्ड प्रतियोगितामा जोडीमा प्रथम हुने टिमलाई नगद ३० हजार रुपैयाँ, द्वितीय हुने टिमलाई नगद १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। त्यसैगरी, एकल क्यारमबोर्ड प्रतियोगितामा प्रथम हुने व्यक्ति नगद २० हजार रुपैयाँ, द्वितीय हुने व्यक्तिलाई नगद १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगितामा सहभागी हुनका लागि दर्ता शुल्क ५ सय रुपैयाँ तोकिएको खेलकुद संयोजक सुरेश पोख्रेलले जानकारी दिनु भएको छ। उहाँका अनुसार, टिम दर्ता चैत २५ गतेसम्म गरिसक्नु पर्नेछ। यस मेलाले स्थानीय खेलकुदको प्रोत्साहन मात्र नगरी, सांस्कृतिक गतिविधिहरूको पनि सम्मान र विकास गर्ने उद्देश्य क्लबले राखेको छ।

प्रकाशित मिति : २०८१ चैत्र २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस