२०८२ जेष्ठ ३ गते शुक्रवार

गुरुकुल एकेडेमीको इन्ट्रा स्कुल बास्केटबल प्रतियोगिता सम्पन्न

घोराही २१ चैत्र
गुरुकुल एकेडेमी घोराहीमा आयोजित इन्ट्रा स्कुल बास्केटबल प्रतियोगिता आज सम्पन्न भएको छ। विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागितामा यस प्रतियोगिताले विद्यालय खेलकुद क्षेत्रलाई नयाँ ऊचाइमा पुर्याएको छ। प्रतियोगिता ५ समुहको सहभागितामा सञ्चालन गरिएको थियो । प्रतियोगितामा गुरुकुल एकेडेमी घोराहीका ३ जनाको समुह भएका ५ वटा समुहले भाग लिएका थिए। प्रतियोगितामा हसल समुह , भाइपर , बास्केटबल ,आरजिए , बिएसकेएसको समुह बिच प्रतिष्पर्धा भएको हो । प्रतियोगितामा हसल समुहका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेका हुन ।

प्रतियोगिता समापन समारोहमा विद्यालयका प्लसटु संयोजक राजन अधिकारी उपस्थित हुनभएको थियो । उँहाले विद्यार्थीहरूलाई उत्साहजनक शब्दहरू मार्फत खेलकुदको महत्व र शारीरिक विकासमा यसको योगदानको बारेमा चर्चा गर्नुभयो। उँहाले भन्नुभयो खेलकुदले विद्यार्थीहरूको शारीरिक र मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्दछ। यो प्रतियोगिता हाम्रो विद्यालयको खेलकुद क्षेत्रमा अझै उत्कृष्टता ल्याउने एक नयाँ प्रयास हो।कार्यक्रममा विद्यालयका खेल शिक्षक, विद्यार्थीका अभिभावकहरू र विभिन्न शिक्षकहरूको समेत उपस्थिति थियो। विजयी टोलिहरूलाई अफिसियल मन्दिप गिरीले पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो। विद्यालयका प्रमुख खेल प्रशिक्षक तथा संस्कार प्रमुख भुगोल कुँवरले प्रतियोगिता आयोजक टोलीको सराहना गर्दै भविष्यमा अझ ठूलो र चुनौतीपूर्ण प्रतियोगिताहरूको आयोजना गर्ने कुरा पनि बताउनुभएको छ ।

साथै उँहाले प्रतियोगिताको रेफ्रिको भुमिकासमेत निर्वाह गर्नुभएको थियो । साथै अन्य अफिसियलमा मन्दिप गिरी र आयुष नेपाली रहनुभएको थियो । यस प्रतियोगिताले विद्यालयमा बास्केटबल प्रति विद्यार्थीहरूको रुचि थप बलियो बनाएको छ र आगामी दिनहरूमा यसका गतिविधिहरूलाई अझ प्रोत्साहन दिइने आशा गरिएको छ। प्रतियोगिताका संयोजक बिबेक देबकोटाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण इसिए संयोजक विशालमान श्रेष्ठले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ चैत्र २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस