२०८२ जेष्ठ ३ गते शुक्रवार

गुरुकुल एकेडेमी घोराहीका प्रि–२ का विद्यार्थीहरूको दीक्षान्त समारोह सम्पन्न

घोराही १६ चैत्र
गुरुकुल एकेडेमी घोराहीमा प्रि–२ कक्षाका विद्यार्थीहरूको दीक्षान्त समारोह भव्यताका साथ सम्पन्न भएको छ। दीक्षान्त समारोहका अध्यक्ष गुरुकुल एकेडेमी घोराहीका सह प्रधानाध्यापक महेन्द्र पौडेल रहनुभएको थियो । कार्यक्रमको शुरुआत स्वागत मन्तव्यबाट भएको थियो, जसमा मन्टेस्वरी सह संयोजक सुनिता रानी पुनले उपस्थित सबैलाई स्वागत गर्दै विद्यालयको शैक्षिक योगदान र आगामी कार्यक्रमहरूको बारेमा संक्षिप्त जानकारी दिनुभएको थियो। कार्यक्रममा विद्यार्थिहरूद्वारा  विभिन्न सांस्कृतिक र शैक्षिक कार्यक्रम प्रस्तुत गरीएको थियो। विद्यार्थीहरूले नृत्य, नाटक, विज्ञान प्रदर्शनी, योगा र सर्प नाचजस्ता विभिन्न गतिविधिहरू प्रस्तुत गरेर कार्यक्रमलाई थप रंगीन र रोचक बनाएका थिए।
मुख्य अतिथि डा.उपमा शर्माले दीक्षान्त समारोहमा सम्बोधन गर्दै सबै दिक्षित विद्यार्थीलाई भविष्यमा उज्जवल सफलता प्राप्त गर्ने शुभकामना दिनुभयो। उँहाले, ूतपाईंहरूको प्रारम्भिक शिक्षा नै तपाईंको जीवनको सफलता र भविष्यको आधार बन्नेछत्यसको लागि कडा परिश्रम र लगनशीलतासाथ अघि बढ्नुभयो भने कुनै पनि लक्ष्य प्राप्त गर्न सकिन्छ भन्ने कुरा बताउनुभयो। समारोहमा उपस्थित अभिभावक प्रज्ञा वलीले पनि सबै विद्यार्थिहरूलाई शुभकामना दिँदै विद्यालयको योगदानलाई प्रशंसा गर्नुभएको थियो। भने उपस्थित अतिथि तथा विद्यार्थिहरुले शुभकामना मन्तब्य राखेका थिए ।समारोहमा विद्यार्थीहरूको उत्कृष्टता र विद्यालयका शिक्षकीय सेवाको सम्मान गर्नका लागि विभिन्न पुरस्कार र प्रमाणपत्र वितरण पनि गरियो। दिक्षान्त कार्यक्रममा मन्टेस्वरी संयोजक लोचना पौडेलले धन्यबाद ज्ञापन गर्नुभएको थियो भने सम्पुर्ण कार्यक्रमको ब्यबस्थापन शिक्षक विबेक देबकोटाले गर्नुभएको थियो । कक्षा प्रि २ का ४७ जना विद्यार्थिहरुलाई आज दिक्षित गरीएको हो ।

प्रकाशित मिति : २०८१ चैत्र १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस