
लमही १५ चैत्र
गुरुकुल एकेडेमी लमहीले आफ्ना पूर्व प्राथमिक तहका विद्यार्थिहरुको दीक्षान्त कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयको प्रधानाध्यापक सुरज खनालले अध्यक्षता भएको दिक्षान्त कार्यक्रममा प्रमुख अतिथि दन्तरोग विशेषज्ञ डा. रोजिना अधिकारी रहनुभएको थियो, जसले बच्चाहरुको शारीरिक र मानसिक स्वास्थ्यको महत्त्व बारेमा विचार व्यक्त गर्दै, आगामी दिनहरुमा विद्यार्थिहरुले शिक्षामा राम्रो प्रदर्शन गर्नको लागि शुभकामना दिनु भएको थियो। कार्यक्रममा विशिष्ट अतिथिहरुका रूपमा गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक डा. कृष्णराज डिसि, देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमल जंग सिंह ठकुरी, पत्रकार लिला शाह र अभिभावक मिना ज्ञवाली लगायतले आफ्ना शुभकामना मन्तव्य राख्दै, विद्यार्थिहरुको उज्जवल भविष्यको शुभकामना दिएका थिए।

मन्टेस्वरी संयोजक काजल न्यौपानेले स्वागत मन्तव्यबाट कार्यक्रम सुरु भएको थियो । उँहाले उपस्थित सबैलाई स्वागत गर्दै, विद्यालयका विद्यार्थीहरूको कडा परिश्रम र शिक्षा प्रक्रियामा योगदानका लागि धन्यवाद व्यक्त गर्नुभयो। यसपछि कार्यक्रमको संचालक अर्पना घोसले कार्यक्रमको गति मिलाउँदै, विद्यार्थिहरुलाई उत्साहित गर्दै कार्यक्रमलाई रमाइलो बनाउन सहयोग पु¥याउनुभयो।दीक्षान्त कार्यक्रममा विद्यार्थिहरुले विभिन्न सांस्कृतिक प्रस्तुतिहरु जस्तै गीत, नृत्य र नाटकको प्रदर्शन गरेका थिए, जसले उपस्थित सबैलाई हर्षित र अभिभूत पारेको थियो। विशेष गरेर, बालबालिकाहरुले रचनात्मकता र शिक्षा संगै संस्कृतिको महत्त्वलाई उजागर गरेका थिए ।
प्रधानाध्यापक सुरज खनालले कार्यक्रममा समापन मन्तव्य राख्दै, विद्यालयका विद्यार्थीलाई उज्जवल भविष्यको शुभकामना दिनुभएको थियो र विद्यालयको भविष्यमा नयाँ योजनाहरुको कार्यान्वयनमा सबैको सहयोगको अपील समेत गर्नुभएको थियो। कार्यक्रम गुरुकुल एकेडेमी लमहीका लागि एक महत्वपूर्ण अवसर थियो, जसले विद्यालयको शैक्षिक र सांस्कृतिक क्षेत्रमा प्रगति गर्ने मार्ग खोलेको छ।