२०८२ जेष्ठ ३ गते शुक्रवार

दाङमा प्लाई उद्योगमा भिषण आगलागी !

घोराही, ११ चैत । दाङको घोराही उपमहानगरपालिका ९ खैरामा रहेको प्लाई उद्योगमा आगगाली भएको छ । खैरामा रहेको सांग्रीला प्लाई उद्योगमा के कारणले आगलागी भएको हो खुल्न सकेको छैन ।
आगलागीका कारण प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउन प्रयोग हुने मेसिनलगायतका सामग्री जलेर नस्ट भएको छ । उद्योगमा आगलागी राती करिव साढे १ बजेदेखि लागेको र अझै नियन्त्रणमा आउन नसकेको दाङका प्रमुख जिल्ला अधिकारि कृष्णप्रसाद लम्सालले जानकारि दिनुभयो ।

घटना भए लगत्तै सबै सुरक्षाका युनिटहरु तत्काल परिचालन गरेको भन्दै प्रजिअ लम्सालले ठुलो बिपत्तिको सामना गर्ने संयन्त्र नहुदा ठाउ ठाउमा क्षति भैरहेको बताउनु भयो । राति नै घटनास्थल पुगेका प्रजिअ लम्सालले सबै शक्ति प्रयोग गर्दा समेत आगो नियन्त्रण गर्न हम्मे हम्मे भैरहेको जानकारि दिनुभयो ।

दाङ प्रहरीका अनुसार मानवीय क्षति भने भएको छैन । आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत स्थानीयबाट प्रयास भइरहे पनि नियन्त्रणमा आउन सकेको छैन ।
उद्योगमा लागेको आगो ठुलो भएका कारण घोराही र तुलसीपुर उपमहानगरपालिकाबाट दमकल आएपनि नियन्त्रणमा ल्याउन नसकिएको प्रहरीले जानकारी दिएको छ । उद्योगमा लागेको आगलागीकावाट करोडौंको क्षति भएको अनुमान गरिएको छ ।

थप विवरण आउन बाँकी ।

प्रकाशित मिति : २०८१ चैत्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस