२०८२ चैत्र २८ गते शनिवार

पिएम कपमा नेपाल पुलिसद्वारा मधेश प्रदेशलाई २८९ रनकाे विशाल लक्ष्य

लमही, २ चैत ।
नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्र सिंह ऐरीले कप्तानी पारी खेल्दै ६३ रन बनाएपछि मधेश प्रदेशकाे टीमलाई २८९ रनकाे विशाल लक्ष्य प्रस्तुत गरेकाे छ ।

दाङमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ मा नेपाल पुलिस क्लबले मधेश प्रदेशकाे टीमलाई जीतका लागि २८९ रनकाे विशाल लक्ष्य प्रस्तुत गरेकाे हाे ।
टस जितेर पहिले ब्याटिङ गरेकाे नेपाल पुलिस क्लबले ४९ दशमलव ५ अाेभरमा सबै विकेट गुमाउँदै २८८ रन रन बनायाेे ।
लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी प्रतियोगितामा अहिलेसम्मकै उच्च रन बनाउन कप्तान दीपेन्द्रसिंह ऐरीले विस्फोटक पारी खेले । उनले ३६ बल खेल्दै ४ छक्का र ५ चाैकाकाे मद्दतमा ६३ रन बनाउँदै विशाल पटेलकाे बलमा निखिल सिंहकाे हातबाट क्याच अाउट भए ।
यसैगरी अारिफ शेखले ५४ बलमा १ छक्का र ४ चाैकाकाे मद्दतमा ५५ रन बनाउँदै विशाल पटेलकै बलमा कप्तान अनिल साहकाे हातबाट क्याच अाउट भए ।
दीलिप नाथ ४५ रनमा कमल गुप्ताको बलमा एलबीडब्लूकाे सिकार भए । अाेपनर अर्जुन साउदले ४७ रनमा रञ्जित कुमारकाे बलमा मयन यादवले क्याच अाउट गरे ।
नेपाल पुलिस क्लबका शंकर रानाले २७ रन, रासिद खानले १४ रन, कुशल भुर्तेलले ११ रन बनाए ।
पहिलाे विकेटका रुपमा कमल गुप्ताले अाठाैँ अाेभरकाे पहिलाे बलमा स्पम्पिङ अाउट गर्दै ब्रेकथ्रु गरेपनि तेस्रो विकेटका लागि मधेशका खेलाडीलाई संघर्ष गर्नु पर्याे ।
तेस्रो विकेटका लागि दीलिप नाथ र अारिफ शेखले ५० रनकाे साझेदारी गरे । यसैगरी
दीपेन्द्र र अारिफ बिचकाे ३२ बलमा ५० रनकाे अर्काे साझेदारी बनेकाे थियाे ।
मधेश प्रदेशका लागि रुपेश सिंहले ८ दशमलव ५ अाेभरमा ६२ रन दिएर ४ विकेट लिए ।।
विशाल पटेलले ९ अाेभरमा ५७ रन खर्चेर ३ विकेट लिँदा कमल गुप्ताले १० अाेभर बलिङ गर्दै ५७ रन दिएर २ विकेट लिए ।
रञ्जित कुमारले ७ अाेभरमा १ मेडनसहित ४० रन खर्चेर १ विकेट लिए ।

२८९ रनकाे विजयी लक्ष्यका साथ अब केहीबेरमा मधेश प्रदेशकाे टीमले जवाफी ब्याटिङ गर्दैछ ।


प्रतियोगिताको १७ औँ खेल अन्तरगत देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दुई टीम जीतको खोजीमा छन् । पुलिस क्लब लगातार ३ खेलमा जीत निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा छ भने आजको खेल जित्दै शीर्ष स्थानमा उक्लिन चाहन्छ । मधेश प्रदेशको टीम पनि बलियो मानिएको पुलिस क्लबलाई हराउँदै अंक तालिकामा सुधार गर्दै माथि उक्लिन चाहन्छ । मधेश प्रदेश अंकको तालिकाको पाँचौँ स्थानमा छ ।

३ विभागीय टीम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलीरहेका छन् ।
दाङसहितमा रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ शुरु भएको प्रतियोगिताका खेलहरु राउण्ड रोविनका आधारमा भईरहेका छन्

प्रकाशित मिति : २०८१ चैत्र १ गते शनिवार
प्रतिक्रिया दिनुहोस