
घोराही, १० माघ । घोराही उपमहानगरपालिका–१४ झिगौँरामा जारी प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला पाँच दिन थप भएको छ । माघको ५ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने भनिएको प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला माघको १६ गतेसम्म सञ्चालन हुने भएको हो ।
माघे मेलामा बढ्दो दर्शकको उपस्थीतिसँगै बहुउद्देश्यीय मगर सङ्ग्रहालय निर्माणका लागि आर्थिक जुटाउनका लागि मेला थप गरिएको मेला आयोजक नेपाल मगर संघ घोराही नगर कार्यसमितिका अध्यक्ष तथा मेला मुल आयोजक समितिका अध्यक्ष देवबहादुर बुढामगरले जानकारी दिनुभएको छ।
मेलामा विहीवार गायक राजु गुरुङ,रविन्द्र सुनार, तुलसा मगर, रुचा मगर, पार्वती चौधरीसँगै मोडेल आरुषी मगर, बालकलाकार सुरक्षा बाठामगरलगायतले साङ्गितिक प्रस्तुती राखेका थिए । मेलामा मगर जातिसँग सम्वन्धित विभिन्न भेषभुषासँगै खानपिन र बाल उद्यानका स्टलहरु राखिएका छन् ।