२०८१ चैत्र ९ गते आइतवार

गुरुकुल एकेडेमीमा मिनि ओलम्पिक शुरु

घोराही, १० माघ ।

विद्यालय स्थापनाकालबााटै शिक्षा क्षेत्रमा प्रभाव जमाउन सफल गुरुकुल एकेडेमी घोराहीले आठौ वार्षिकोत्सवको अवसरमा सात दिने मिनि ओलम्पिक आयोजना शुरु गरेको छ । गुरुकुल एकेडेमी घोराहिका प्रिन्सिपल डा। कृष्णराज डिसीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुबेदिको प्रमुख आतिथ्यमा आज बिहिबार एक कार्यक्रम गरि सात दिने खेलकुद गतिविधि सहित मिनि ओलम्पिक शुरु गरिएको हो । सो अवसरमा, प्रमुख अतिथि सुबेदिले विद्यालय स्तरबाट नियमित शिक्षासँगै अतिरिक्त कृयाकलापमा बालबालिकालाई सहभागी गराउन सकेमा स्वस्थ नागरिक उत्पादन मात्रै नभई व्यवहारिक शिक्षामा पनि योगदान पुग्ने बताउनुभयो । शिक्षा क्षेत्रको विकासमा संस्थागत विद्यालयले खेल्दै आएको भुमिकाका कारण थुप्रै दक्ष जनशक्ति उत्पादन हुन सम्भव भएको बताउँदै महासंघ अध्यक्ष सुबेदिले गुरुकुल एकेडेमीले दाङको शिक्षा क्षेत्रमा पहिचान स्थापित गर्न सफल विद्यालयका रुपमा रहेको विश्वास व्यक्त गर्नुभयो ।

बालबालिकाको सर्वाङ्गिण विकासका लागि अतिरिक्त कृयाकलाप अत्यन्तै आवश्यक रहेको हुँदा मिनि ओलम्पिक कार्यक्रमले उनीहरुको आत्मविश्वास बढाउन भुमिका खेल्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका निवर्तमान सचिव तथा राप्ति शन्देश अनलाइनका सम्पादक आरके शितलले शिक्षासँगै अतिरिक्त कृयाकलापमा बालबालिकालाई सहभागी गराएर उनीहरुको चौतर्फी विकासमा गुरुकुलले गर्दै आएको प्रयास निकै सराहनीय रहेको बताउनुभयो । विद्यालय स्थापनाको छोटो समयमा बालबालिका र अभिभावकको मन जित्दै गुणस्तरीय एवम् व्यवहारिक शिक्षामा जोड दिएको एकेडेमीले जिल्ला स्तरमा आफुलाई अब्बल बनाउँदै लगेको हुँदा आगामी दिनमा देशकै प्रतिष्ठित शिक्षालय बनाउन तर्फ विद्यालय प्रशासनलाई सुझाव दिनुभयो ।

यसै गरि गुरुकुल एकेडेमी विद्यालयका अध्यक्ष ई। अनन्तराज घिमिरेले सुझाव मनन गर्दै गुरुकुल सफल बनाउन मेहनत गर्ने र सहयोग गर्ने सम्पुर्णलाई धन्यबाद दिनुभयो साथै उँहाले शिक्षा सँस्कार र संस्कृतिको त्रिवेणि गुरुकुल एकेडेमीले सफलताको आठौ बर्षमा घोराहि र लमहिमा पनि विद्यालय संचालनमा आएको पनि बताउनुभयो । उँहाले गुरुकुल एउटा सोच भएका कारण यसै अनुरुप काम अगाडि बढाउने पनि बताउनुभयो । कार्यक्रममा गुरुकुल ऐकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरी र लमहीकि विद्यालय संयोजक एलिशा शर्माले शुभकामना मन्तब्य राख्नुभएको थियो । बिद्याल प्राङ्गणमा आयोजित औपचारिक कार्यक्रम पश्चात् खेल शुरुभएको हो । संस्कार प्रमुख भुगोल कँवर मगरको स्वागत मन्तब्यबाट शुरु भएको औपचारिक कार्यक्रमको सहजीकरण आईएसए संयोजक ईन्द्र प्रशाद पोख्रेलले गर्नुभएको थियो । आगामी १६ गतेसम्म हुने मिनि ओलम्पिकमा ज्याभलिङ थ्रो, लङ जम्प, सटपुट, १०० र २०० मिटर दौड, चेस, फुटसल, बास्केट बल, भलिबल, टेबल टेनिस, क्रिकेटलगायत खेल हुने छ । आज पहिलो दिन बास्केटबल ,ब्याडमिन्टन , टिटि , चेस खेल भलिबल हुने खेल प्रशिक्षक तथा संस्कार संयोजक भुगोल कँवर मगरले जानकारी दिनुभयो । गुरुकुल एकेडेमीमा आफ्नो १० औँ वार्षिकोत्सव माघ १९ गते मनाउने तयारी गरेको छ । लमहीले १६ गते र तुलसिपुरले १७ दोस्रो बार्षिकोत्सव मनाउने तयारी गरेको छ ।

प्रकाशित मिति : २०८१ माघ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस