२०८१ चैत्र ९ गते आइतवार

‎माघे मेलामा आज  पल शाह आउँदै

घोराही, ८ माघ ।
‎घोराही–१४ झिगौँरामा शनिवार देखी सुरु भएको प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला २०८१ मा आज राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुति रहने भएको छ ।

‎नेपाल मगर संघ घोराही नगर कार्यसमितिको आयोजनामा जारी मेलामा  आज नायक  पहल शाह , गायिका तथा  चर्चित उद्घोषिका रुपा घर्ती मगर ,मोडेल  रूबिना अधिकारी ,गायक  तथा  उद्घोषक विजय पुन ,गाएक प्रेम दिवस घर्ती मगर, गायिका सन्जिता बुढा मगर डान्सर सुरक्षा मगर , डान्सर साकिरा मगर बाल कलाकार शान अधिकारी लगायत स्थानीय कलाकारहरूको   प्रस्तुति रहने आयोजकले जनाएको छ ।

‎सात दिनसम्म सञ्चालन हुने मेलाको आम्दानीबाट घोराही नगर मगर समितिले बहुउद्देश्यीय मगर सङ्ग्रहालय निर्माण गर्ने लक्ष्य राखेको छ । मेलामा जातिगत वेशभूषाका स्टल तथा खानाका परिकार, बाल उद्यानलगायत स्टल राखिएको जनाइएको छ ।
मेलामा प्रवेशका लागि सर्वसाधारणलाई प्रतिव्यक्ति एक सय रुपैँया, विद्यार्थी, जेष्ठनागरिक तथा शारीरिक अपांगता भएकाहरुलाई प्रवेशमा केही छुट गरिएको आयोजकको भनाई रहेको छ ॥

प्रकाशित मिति : २०८१ माघ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस