२०८१ चैत्र ९ गते आइतवार

माघे मेलाकाे तेस्रो दिन लोक तथा दोहोरी गायक श्याम रानामगरले मच्चाय धमाका

दाङको घोराही १४

झिंगौरामा जारी प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेलाको आज तेस्रो दिन लोक तथा दोहोरी गायक श्याम रानामगरले उधुम मच्चाएका छन् । पछिल्लो समय ‘रेलै सलल’ गीतबाट थप लोकप्रिय बनेका गायक मगरले गीत गाउँदा दर्शकले पनि सँगै गाएर नाचेका थिए । जहाँ दर्शकको उपस्थिति बाक्लो देखिएको थियो । उनले प्रस्तुतिले मोहित बनेका दर्शकको सङ्ख्या देख्दा श्याम रानाको ‘क्रेज’ बढेको प्रष्टै देखिन्थ्यो। लामै समय उनीसंगै रमाएका दर्शकको रोजाइमा रहेका गितमा रानाले प्रत्यक्ष दोहोरी पनि गाएका हुन् ।

‎यस्तै गायक रानासँगै गायक टेक बिसी, गायिका तथा चर्चित उद्घोषिका रुपा घर्ती मगर ,गायिका रेशमा पुन, गायक रोशन रत्गैया, गायिका बिष्णु सुनार,बिमला थापामगर,झरणा केसी, बर्षा मगर र बाबु रोकामगरलगायतका कलाकारले  प्रस्तुति राखेको आयोजक संस्था नेपाल मगर संघ घोराही नगर कार्यसमितिका संयोजक देवबहादुर बुढामगरले जानकारी दिनुभयो ।


‎सात दिनसम्म सञ्चालन हुने मेलाको आम्दानीबाट घोराही नगर मगर समितिले बहुउद्देश्यीय मगर सङ्ग्रहालय निर्माण गर्ने लक्ष्य राखेको छ । मेलामा जातिगत भेषभुषाका स्टल तथा खानाका परिकार, बाल उद्यानलगायत स्टल राखिएको मेला प्रचारप्रसार समिति संयोजक कैलाश घर्तीमगरले जानकारी दिनुभयको छ । मेलामा प्रवेशका लागि सर्वसाधारणलाई प्रतिव्यक्ति एक सय रुपैँया टिकटको व्यवस्था गरिएको छ ।।

प्रकाशित मिति : २०८१ माघ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस