
६ माघ, घोराही
गोली हानेर साथीको हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेकालाई दाङ प्रहरीले सार्बजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङले आज पत्रकार सम्मेलन गरेर दंगीशरण २ कौवाघारीमा प्रेम कुसारीको गोली हानी हत्या गरेको अभियोगमा दंगीशरण २ कै छविलाल डांगी र पुष्प बस्नेत पक्राउ परेको जानकारी दिएको हो । घटनाबारे प्रहरीले आज पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराएपनि यस अगाडिनै खबर बाहिरी सकेको थियो ।
छविलाललाई बाँकेको कोहलपुर र पुष्पलाई तुलसीपुर बजारबाट पक्राउ गरिएको हो । माघ ३ गते छविलाल र पुष्पले प्रेमलाई गोली हानेर हत्या गरेका थिए । उनीहरूले गोली हानेर पनि जिंगटको रूखबाट खसेर घाइते भएको बताएका थिए । प्रेमको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको थियो । हत्या गरीएको भनिएका कुसारीको भुलवस बन्दुक पड्केर गोली लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको दाङ प्रहरी प्रमुख अर्जुन प्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । यद्येपि अनुसन्धान जारी रहेको हुदा सत्यतथ्य कुरा प्रमाणित हुने उँहाले तताउनुभयो ।