
घोराही । दाङको घोराहीमा प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला(२०८१ शुरु भएको छ । नेपाल मगर संघ घोराही नगर समितिको आयोजनामा शनिबारदेखि घोराहीस्थित झिंगौरामा सांस्कृतिक प्रदर्शनी शुरु भएको हो । नेपाल मगर संघ घोराहीका अध्यक्ष बेदबहादुर बुढामगरको अध्यक्षता एवं घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरप्रमुख चौधरीले मगर समुदायको खाम भाषा ओझेलमा परेको र यसको उजागर संगै कला र संस्कृतिको संरक्षण गर्नमा महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । उँहाले जुन खाम भाषाले मगर समुदायलाई बोल्न र विकास गर्न सिकायो आज त्यो भाषा बोलचालीमा सीमित रहेको कुरामा जोड दीनुभयो साथै पछिल्लो युवा पिढिमा संस्कार र सस्कृति , कला पनि यो मेलालले संरक्षण गर्नेमा जोेड दिनुभयो ।
नगरप्रमुख चौधरीले खाम भाषालाई लेखपढ भाषा बनाउनुपर्छ भनेर घोराही उपमहानगरले खाम भाषाको पाठ्यक्रम तयार पार्न लागेको बताउनुभयो । आगामी शैक्षिकसत्रदेखि घोराहीमा खाम भाषाको पढाइ सुरुहुने समेत उँहाको भनाइ छ । सबै कला र भेषभूषाको संरक्षण गर्न जरुरी रहेको र त्यसका लागि घोराही उपमहानगरपालिका सदैव तयार रहेको भन्दै नगरप्रमुख चौधरीले कला, संस्कृति र भेषभूषालाई व्यवसायीकरण गर्न सकियो भने त्यसलाई आम्दानी र रोजगारीसँग जोड्न सकिने बताउनुभयो । संघका केन्द्रीय उपाध्यक्ष दर्जीत रोकामगरले मगर समुदायको कला, संस्कार र संस्कृतिको संरक्षणसँगै सम्बर्द्धनका लागि सम्बन्धित निकायहरुले विशेष जोड दिनुपर्ने बताउनुभयो । नेकपा एमाले दाङ जिल्लाका उपाध्यक्ष मनोहर बुढाथोकीले यो संस्कार, संस्कृति र भेषभूषालाई स्थानीय सरकारले संरक्षण गर्नुपर्ने बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र) दाङका सचिव विश्वराज आचार्यले नेपालीहरुको संस्कृति उत्पादनसँग सम्बन्धित भएको बताउनुभयो । संस्कार र संस्कृति राज्यका सम्पत्ति भएको भन्दै हरेक संस्कृतिलाई उत्पदनसँग जोड्न र त्यसको विकास गर्नका लागि स्थानीय सरकारले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने उँहाको भनाइ छ ।संघका वरिष्ठ उपाध्यक्ष मित्रलाल घर्तीमगरको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा थारु कल्याणकारीणी सभाका अध्यक्ष अशोक चौधरी, घोराही उपमहानगरपालिका(६ का वडा अध्यक्ष विष्णु आचार्य नेपाल पत्रकार महासंघ दाङका सचिव जेएन सागर, चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य टोपबहादुर घर्तीमगर, दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकी, ढाङढुङे रोल्पाली सेवा समाजका अध्यक्ष नारायणप्रसाद रोका लगायतले शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रममा मगर सांस्कृतिक पहिचान झल्किने विभिन्न नृत्यहरु प्रस्तुत गरिएको थियो । घोराहीको सहिद लखन थापा पार्कबाट निकालिएको सांस्कृतिक पहिचान झल्कने भेषभुषा, झाँक्रीसहितको ¥याली बजार परिक्रमा गरेर महोत्सव स्थलमा प्रवेश गरेको थियो । माघ ५ गतेदेखि ११ गते सात दिनसम्म चल्ने मेलाको आम्दानीबाट घोराही नगर समितिले बहुउद्देश्यीय मगर संग्राहलय निर्माण गर्ने लक्ष्य राखेको छ । मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।कार्यक्रमको सहजीकरण संघका कार्यबाहक सचिव गणेश प्रताप पुनमगरले गर्नुभएकोथियो । ।