२०८१ चैत्र ९ गते आइतवार

प्रदेश विभाजनको कुरा चले संगै संसदमा विरोध

घोराही ५ माघ
लुम्बिनी प्रदेशको पश्चिममा रहेका बाँके बर्दिया जिल्लालाई लुम्बिनीबाट टुक्र्याएर कर्णाली प्रदेशमा लैजाने विषय फेरि सतहमा आएको छ । बाँके र बर्दिया जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले दुई जिल्लालाई लुम्बिनीबाट टुक्र्याएर कर्णालीमा गाप्ने भन्दै हल्ला चलाएपछि त्यसको तरङ्ग लुम्बिनी प्रदेश सभासम्म आइपुगेको छ । बाँके र बर्दिया जिल्लाबाटै निर्वाचित प्रदेश सभा सदस्यहरूले दुई जिल्लालाई कर्णाली प्रदेशमा लैजाने षड्यन्त्र भएको भन्दै लुम्बिनी प्रदेश सभामा विरोध गरेका छन् । लुम्बिनी प्रदेशमा १२ जिल्ला रहेका छन् । ६ वटा तराई ५ वटा पहाडी र १ वटा हीमाली जिल्लाहरू लुम्बिनीमा छन् । तर पछिल्लो समय लुम्बिनी प्रदेशको बाँके र बर्दिया जिल्लालाई टुक््रर्याएर कर्णाली प्रदेशमा गाभ्न खोजिएको भन्दै फेरि नयाँ बहस सुरु भएको छ । बाँके र बर्दिया जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाका सांसदहरुले यसका लागि पहल गरिरहेको भन्दै यो विषयलाई लुम्बिनी प्रदेश सभामा प्रवेश गराएका छन् ।

लुम्बिनी प्रदेश सभामा माओवादी संसदीय दलका प्रमुख सचेतक इन्द्रजित थारुले दुई जिल्लालाई टुक्र्याउने षड्यन्त्र गरिएकोले संघीयतालाई संस्थागत गर्ने र बलियो बनाउने भन्दा झन् विवाद गराउने र अल्मल्याउने काम भइरहेको भन्दै प्रदेश सभाको रोस्टममै आक्रोश पोख्नुभएको छ । बाँके र बर्दिया जिल्लामा लुम्बिनीबाट अलग भई टुक्राएर कर्णालीमा लैजाने गरी तयारी गरिएको भन्दै प्रदेश सभातर्फ निर्वाचित सांसदहरूले सदनमा जानकारी गराएका छन् । गत मङ्गलबार प्रदेश सभामा सम्बोधन गर्दै बाँके र बर्दिया दुई जिल्लालाई टुक्राएर कर्णालीमा लाने भन्दै हल्ला चलाएको बताएका थिए । यस्तै बाँके क्षेत्र नम्बर २ क बाट निर्वाचित जसपाका प्रदेश सांसद भण्डारी लाल अहिरले बुधबारको प्रदेश सभा बैठकको शून्य समयमा बोल्दै प्रदेश सरकार र प्रदेश सभाको ध्यानाकर्षण गराउनुभएको थियो । उँहाले दुई जिल्लालाई कर्णाली प्रदेशमा लैजाने षड्यन्त्र भएको भन्दै लुम्बिनी प्रदेश सभामा विरोध गर्नुभएको छ ।

बाँके र बर्दियालाई कर्णालिमा समाबेश गर्दा कर्णालि प्रदेशको भारत संग सिमाना जोडिने र ब्यापारीक केन्द्रको रुपमा बिकास हुने कुरामा कर्नाली प्रदेशलाई फाइदा भएपनि जिल्लाबासि लुम्बिनिमै रहने कुरा जनमानसमा उठ्न थालेको छ । जातिय भेषभुषा र भौगोलिक अबस्थाले गर्दा बाँके र बर्दिया लुम्बिनि प्रदेशमै रहने उचित रहेको बताएका छन । बाँके र बर्दिया जिल्लाबाट प्रतिनिधित्व गर्ने कांग्रेस एमाले र राप्रपाका प्रतिनिधि सभाका सांसदहरूले संविधान संशोधन गरेर दुई जिल्लालाई कर्णाली प्रदेशमा गाब्ने गरी तयारी गरिएको भन्दै हल्ला चलाएका छन्। एमालेका सांसद सुर्य ढकाल कांग्रेसका संजय गौतम र राप्रपाका धवल शमशेर राणाले विगतदेखि नै बाँके र बर्दिया जिल्लालाई कर्णालीमा राखिनुपर्ने बताउँदै आएका थिए। तर ती दुई जिल्लाबाट निर्वाचित प्रदेश सभा सांसदहरु भने यसको विपक्षमा देखिएका छन् संविधान संशोधन नै गरेर दुई जिल्लालाई एक प्रदेशबाट अर्को प्रदेशमा गाभ्ने विषय सहज विषय देखिँदैन। संविधान संशोधन नै गरेर दुई जिल्लालाई टुक्राए त्यसको असर अन्यत्र पनि पर्ने देखिन्छ ।

प्रकाशित मिति : २०८१ माघ ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस