२०८१ चैत्र ९ गते आइतवार

समृद्धि हासिल गर्ने उद्देश्यले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका कामलाई प्रभावकारी ढङ्गले अघि बढाउने उद्देश्यले अध्यादेश ल्याएको बताउनुभएको छ । बुधवार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले सुशासनका सबै मापदण्ड र पक्षमा ध्यान दिँदै विकासका कामलाई प्रभावकारी ढङ्गले अघि बढाएर समृद्धि हासिल गर्ने उद्देश्यले अध्यादेश ल्याइएको बताउनुभएको हो ।

उँहाले वर्तमान सरकार काम गर्न र जनताका समस्या सम्बोधन गर्न बनेको भन्दै कुनै पनि कुराले सरकारको गति रोक्न नसक्ने र सत्तारुढ दलमा एकता रहेको पनि अध्यादेशबाट पुष्टि भएको जिकिर गर्नुभयो ।

अध्यादेश विज्ञलगायत सबैसँगको छलफल र सहभागितामा सावधानी र मेहनतका साथ तयार गरेर मन्त्रिपरिषदबाट सिफारिस भएको प्रधानमन्त्री ओलीकोे भनाइ छ । जबसम्म देशको विकास नहुने र समृद्धि नभएसम्म २४ सै घण्टा काम गर्ने उँहाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ माघ २ गते बुधवार
प्रतिक्रिया दिनुहोस